Comments Add Comment

बास्कोटाको अडियोले ब्यूँझियो छाया सरकार

पहिलो बैठकमा ‘प्रभावशाली’ अनुपस्थित

११ फागुन, काठमाडौं । नौ महिनासम्म निष्क्रियजस्तै रहेको प्रमुख विपक्षी नेपाली कांग्रेसको छायाको पहिलो बैठक आइतबार बसेको छ । बैठकमा छाया प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक मन्त्रालयको भ्रष्टाचार खोज्न निर्देशन दिएका छन् ।

काग्रेसले ६ जेठमा २१ वटा मन्त्रालयगत समिति बनाएको थियो र संयोजक र सदस्यहरु तोकेको थियो । सामान्यत छाया सरकारमा मन्त्रीहरु मात्र तोकिने भए पनि कांग्रेउसले नेताहरुको भागवण्डा मिलाउन संयोजकसँगै सदस्यहरु तोकेको थियो ।

गठन भएको लामो समयसम्म कांग्रेसको छाया सरकारले संसदमा भूमिका देखाउन सकेन । छाया मन्त्रीहरु आफ्नो मन्त्रालय र त्यसले हेर्ने विषयभन्दा निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिका मुद्दाहरुमा केन्द्रित भएर बोल्न व्यस्त भए ।

कांग्रेस संसदीय दलका नेता एवं छाया प्रधानमन्त्री देउवाले आइतबार पहिलो पटक छाया मन्त्रीहरुको बैठक राखेर छाया मन्त्रीहरुले केके भइरहेको छ भन्ने सोधीखोजी गरेका छन् । र, कडा शब्दमा निर्देशन दिएका छन्, ‘गोकुल बास्कोटाको अडियो यो सरकारले कति भ्रष्टाचार गरिरहेको छ भन्ने प्रमाण हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारको २ वर्षे समीक्षामा पनि छाया सरकार कतै देखिएन ।

तर ८ फागुनमा सार्वजनिक एउटा अडियोले तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले राजीनामा त दिनुपर्‍यो नै, छाया सरकारलाई पनि ब्यूँझाएको छ ।

कांग्रेस संसदीय दलका नेता एवं छाया प्रधानमन्त्री देउवाले आइतबार पहिलो पटक छाया मन्त्रीहरुको बैठक राखेर छाया मन्त्रीहरुले केके भइरहेको छ भन्ने सोधीखोजी गरेका छन् । र, कडा शब्दमा निर्देशन दिएका छन्, ‘गोकुल बास्कोटाको अडियो यो सरकारले कति भ्रष्टाचार गरिरहेको छ भन्ने प्रमाण हो । यस्तो भ्रष्टाचार अरु मन्त्रालयमा पनि भइरहेको छ । त्यसको खोजी गर्नुस् ।’

उनले मन्त्रालयगत भ्रष्टाचारका विषयमा अध्ययन गरी प्रत्येक महिना संसदीय दललाई जानकारी गराउन निर्देशन दिएका छन् । छाया संघीय मामला तथा सामान्य प्रशासनमन्त्री अत्तहरकमाल मुसलमानले भने, ‘सभापतिले अहिलेसम्म जे जस्तो भए पनि अब भूमिका बढाएर जानुपर्छ भन्नु भएको छ ।’

अब प्रत्येक महिना छाया मन्त्रिपरिषदको समिक्षात्मक बैठक बस्ने देउवाले बताएका छन् । ‘सञ्चार मन्त्रालयमा जस्तै नीतिगत भ्रष्टाचार अन्य मन्त्रालयहरुमा पनि छन् । छाया मन्त्रीहरुले गहन अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय भएको छ’ बैठकपछि कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र नेता पाण्डेले भने ।

देउवाको सम्बोधनपछि छाया मन्त्रीहरुले आफ्ना गतिविधिबारे रिर्पोटिङ समेत गरेका छन् । ‘सैद्धान्तिक रुपमा मन्त्रालयत गतिविधि र अस्पष्टताबारे राखेका छौं । अर्को बैठकदेखि विस्तृत छलफल होला’ छाया उर्जामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने ।

सरकार कानुनी रुपमै अधिनायकतर्फ उन्मुख

रिपोर्टिङका क्रममा छाया मन्त्रीहरुले सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुको निष्कर्ष छ, ‘सरकार कानूनी रुपमा नै अधिनायकवादतर्फ उन्मुख भइरहेको छ ।’

‘सूचना प्रविधि विधेयकलाई चाहेर पनि रोक्न सकेनौं । सरकारसँग बहुमत छ, हाम्रो कुरा सुनिन्न । त्यसैले सडकबाट दवाव दिने गरी रणनीति चाहियो’ छाया सञ्चारमन्त्री बहादुर सिंह लामाले माग गरे । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा लामाले सूचना प्रविधि विधेयकमा संशोधन हालेका थिए ।

तर समितिले कांग्रेस सांसदहरुको असहमतिलाई बहुमतले अस्वीकृत गर्दै विधेयक पास गरेको थियो ।

छाया कानुनमन्त्री राधेश्याम अधिकारीले प्रधानमन्त्रीले सेना परिचालन गर्ने, सेनाभित्र गुप्तचरसम्बन्धी संयन्त्र गठन गर्ने, हरेक संरचनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको केन्द्रिकृत नेतृत्व कायम गर्ने गरी विधेयकहरु आएको र यो सरकार कानुनी रुपमै अधिनायकवादतर्फ उन्मुख हुँदै गएको धारणा राखेका छन् ।

छाया रक्षामन्त्री भीमसेनदास प्रधानले सेनाभित्र गुप्तचर रहने गरी आएको सैनिक ऐनलाई रोक्न पार्टीले औपचारिक निर्णय गर्नुपर्ने बताए । ‘राणा, पञ्चायत र राजाको पालामा सेनाभित्र गुप्तचर चाहिएन, गणतन्त्रमा किन चाहियो ?’ उनले भने ।

बैठकमा प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँडले छाया मन्त्रीहरुलाई क्यालेण्डर बनाएर काम गर्न र त्यसबारे नियमित रिपोर्टिङ गर्न आग्रह गरेका छन् । ‘सिस्टममा रहेर काम गर्‍यौं भने परिणाम दिन सक्छौं, होइन भने अनेक कोणबाट कांग्रेसमाथि प्रश्न उठेका छन । संसदमा प्रतिपक्षीको खोजी भइरहेको छ । छाया सरकार कहाँ छ ? भनेर आउन थालेका छन्’ खाँडले भने ।

‘प्रभावशाली’ छायामन्त्री अनुपस्थित

छाया सरकार गठन भएको ९ महिनापछि बसेको पहिलो बैठकमा २१ छायामन्त्री, प्रतिनिधिसभाका प्रमुख सचेतक, सचेतक र राष्ट्रयसभा संसदीय दलका नेतालाई बोलाइको थियो । तर ‘प्रभावशाली’ सात छायामन्त्री अनुस्थित रहे ।

७ मन्त्री भने अनुस्थित रहे ।

छाया गृहमन्त्री दिलेन्द्रप्रसाद बडू, छाया अर्थमन्त्री मिनेन्द्र रिजाल, छाया परराष्ट्रमन्त्री नारायण खड्का, छाया शिक्षामन्त्री गगन थापा, छाया उद्योगमन्त्री मीन विश्वकर्मा, छाया सहरी विकासमन्त्री उमाकान्त चौधरी र छाया भौतिक पूर्वाधारमन्त्री सञ्जयकुमार गौतम अनुपस्थित रहे ।

नेताहरु राजधानी बाहिर रहेकाले बैठकमा आउन नपाएको एक छायामन्त्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment