Comments Add Comment

आँशु झरेपछि किन मन चंगा हुन्छ ?

साना, ठूला, धनी, गरिब, महिला पुरुष आदि सबैको साझा हो आँशु । कसैको आँखामा हर्षको आँशु बग्नसक्छ भने कसैको आँखामा रोदनको । आँशु मानिसको सुख र दुखको एउटा साझेदार हो । आँखाको सारथि एवं संरक्षक ।

आशु आउनु मानिसको लागि सामान्य विषय हो । कसैको आँखामा आएको आँशुलाई समाजले एउटा प्रतिनिधि पात्र मान्छ । सिंगो कथाको सुराक मान्छ र एउटा परिस्थितिको प्रमाण समेत । आँशु किन आयो भन्ने सवालमा अनेकानेक अनुमानमूलक व्याख्या गर्ने गरिन्छ । समाजले आँशुलाई स्त्रीत्वको प्रतिक, आत्मप्रेमपूर्ण वा दयालु भाव र एउटा नाटकीय स्वरुप समेत मान्ने गर्छ ।

यो मान्न गाह्रो छैन, आँशु कुनैपनि व्यक्तिलाई तिरस्कारको पात्र बनाउने एउटा साधन हो । मान्छे जब रुन्छ त्यसपछि एकाएक तिरस्कारको पात्र बन्छ । कसैको रोदन स्थान अनुसार भिन्दाभिन्दै हुनसक्छ ।

स्कूलमा रुने छात्रलाई शिक्षकहरुले अनावश्यक नाटक नगर्न निर्देशन दिन्छन् । जिम्मेवारीमा परेकाहरुको आँखामा आएको आँशुको अर्कै महत्व हुन्छ । बालकको आँशुको अर्कै । आँशुपनि मूल्यवान हुनुपर्ने बताउँछ यो समाज । तर, पनि रोदन रोकिएको छैन । मानिसले रोदनलाई नै आफ्नो पीडाको अन्तिम विश्रान्ति सम्झन्छ । सोही विश्रान्तिमा आँखाको पानी खन्याएपछि हल्का बन्छ मान्छे पीडा ।

रोदन र आँशुको वैज्ञानिक खोजी आफैंमा अर्थपूर्ण छ । कसैलाई पनि धित मरुन्ज्याल रुन दिँदैन यो समाज । तर, यो आफैंमा शरीरको लागि आवश्यक छ । मनको भारी बिसाउनको लागि आवश्यक छ । आँशुहरु पनि सबै एकै किसिमको हुँदैन । मानव शरीरले तीन प्रकारका आँशुहरुको उत्पादन गर्ने गर्छ । पहिलो त सबैभन्दा धेरै खुशी हुँदाको आँशुले सबैलाई सकारात्मक सन्देशको अपेक्षा राख्छ । अर्काे कुनैपनि चोटपटक वा आँखालाई आवश्यक तरल पदार्थ आँशुबाट नै प्राप्त गर्ने गरिन्छ । तेस्रो कुनैपनि भावनात्मक कारणले पनि आँखामा आँशु आउने गर्छ ।

रोदन हाम्रो भावनात्मक प्याकेजको अंश हो । यसलाई प्रेम गर्नुहोस् वा यसलाई घृणा गर्नुहोस् । अवश्य पनि यसमा महिलाहरू पुरुषहरू भन्दा निश्चित रूपमा नजिक हुन्छन् । प्रत्येक वर्ष महिलाहरु ५० पटक रोए भने १० पटक पुरुषहरु रुन्छन् । यो अध्ययनको नतिजा हो । यसले एउटा प्रश्नको जन्म गराउँछ कि कसरी यो सम्भव हुन्छ  ? मानिसहरु अति खुशी हुँदा र अति दुःखी हुँदा समेत आँशु र्झने गर्छ ।

रोदनलाई वैज्ञानिक रुपमा नै परिभाषित गर्ने गरिन्छ । वैज्ञानिकहरुले कुनैपनि मानिसको भावना, दिमाग र आँशुको बीचमा कस्तो सम्बन्ध छ ? भन्ने बारेमा खोजी गरेका छन् । कुनैपनि भावनात्मक कुराहरु सुनेपछि त्यो दिमागमा बस्छ र त्यसबाट तत्कालै आँखामा आँशु आउँछ । यसलाई हामीले क्लासिकल उदाहरणबाट चिन्न सक्छौं, ब्रेक-अप ।

कुनैपनि सम्बन्धको अन्त्य हुँदा त्योे सँगै आँसुको उत्पादन सुरू हुन्छ । यी सबै तपाईंको ल्याकि्रमल(अश्रु) प्रणालीको उपज हो । पानी आपूर्ति जसरी नै आँखाको आँखी भौं भित्र रहेको आँशुको स्रोतबाट आउने गर्छ । यी दुबै प्रणालीहरु गोप्य प्रणालीहरु हुन् । जसले भावनाको आधारमा नै आँशुको प्रवाह गराउने गर्छ ।

आँशुको उत्पादन आँखाको नानी र आँखाको परेलाको बीचमा हुनेगर्छ । जब कुनैपनि दुखद् समाचारको ज्ञान मस्तिस्कलाई हुन्छ । त्यसपछि एकाएक ल्याकि्रमल ड्रयामेज सिस्टमबाट निस्किएको अधिक आँशु त्यो ठाउँमा मात्रै सीमित हुन सक्दैन । जसका कारण त्यो बाहिर आउने गर्छ ।

शरीर भित्रको इन्जिनियरिङ अनेक प्रकारको हुनेगर्छ । यसले केवल एक प्रकारको आँशु मात्रै उत्पादन गर्दैन । यसले तीन प्रकारको आँशु उत्पादन गर्छ । पहिलो हो बेसल, दोस्रो रिफ्लेक्स र तेस्रो साइकिक ।

आँशु आउनको लागि पुरुष र महिलाको शरीरमा भिन्दा भिन्दै हर्मानको आवश्यकता पर्दछ । महिलाको आँखामा आँशु आउनको लागि प्रोल्याटिन नामको हर्माेनले काम गर्ने गर्छ भने पुरुषको लागि टेस्टेस्टेरोन हर्माेनले आँशु ल्याउन मद्दत गर्ने गर्छ । हाम्रो आँखालाई कोर्निया नामक झिल्लीले घेरेको हुन्छ । आँशुले हाम्रो आँखालाई रसिलो बनाइराख्छ ।

हामीहरुको हरेक पटकको आँखा झिम्काईमा कम मात्रामा भएपनि हरेकपटक आँशु आउने गरेको हुन्छ । आँशुले नै हाम्रो देख्ने क्षमताको विकास गर्छ । आँशुको केही भाग हाम्रो नाकबाट पनि उत्पादन हुने गर्छ । धेरै हाँसो वा पीडामा हाम्रो नाकबाट समेत आँशु आउने गर्छ । आँशुको ग्रन्थीको सानो डक्ट जसलाई न्यासोल्याक्मिरल भनिन्छ । त्यो हाम्रो आँखाको माथिल्लो र तल्लो ढकनीमा रहेको सानो दुलोसँग जोडिएको हुन्छ । त्यहीँबाट नै आँशु र्झने वैज्ञानिकहरुले जानकारी दिएका छन् ।

विभिन्न अन्तराष्ट्रिय अध्ययन प्रतिवेदनहरुको आधारमा तयार पारिएको 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment