Comments Add Comment

दराजले सामसङ ग्यालक्सी नोट १० लाइट सार्वजनिक गर्दै

नेपालको अनलाइन् शपिङ दराजले सामसङ नेपालसँग सम्झौता गरी सामसङ ग्यालक्सी नोट १० लाइटको सार्वजनिक गर्ने भएको छ।

बुधबार सामसङ ग्यालक्सी नोट १० लाइटको लंच गर्ने प्रीमियम फीचर फोनको यूरोपियन बजारमा ६२७ यूरो अर्थात नेपाली ७८ हजार ३ सय रूपियाँ रहेको छ।

दराजले सामसङ नेपालसँगको साझेदारीमा फोन ५९ हजार ९ सय ९९ मा नै दिने भएको छ। उक्त फोन औरा ब्ल्याक र और ग्लो गरी दुई रङमा रहको छ।

पहिलो ५० जना ग्राहकहरुले एक्युरेटको वायरलेस ब्लुटुथ नेप इयरडट्स् निःशुल्क पाउने कम्पनीले बताएको छ।

यसमा इन्फिनिटी ओ डिस्प्ले, ट्रिपल रियर क्यामेरा जडान गरिएको छ।

यस फोनमा २५ वाटको सुपर फास्ट चार्जिंगको साथ ४५ सय एमएएचको ब्याट्री रहेको छ।

यसमा ८ जिबी र्याम र १२८ जिबी रोमलगायतका फिचर्स छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment