Comments Add Comment

पालो स्माइल डिजाइनिङको

स्वास्थ र सम्पत्ति (हेल्थ एण्ड वेल्थ)संग मुस्कानको के सम्बन्ध छ ? भन्ने सोच्नु होला । तर मुस्कानसंग हेल्थ र वेल्थ दुवैको गहिरो सम्बन्ध छ । दन्त रोग विशेषज्ञहरुका अनुसार पछिल्लो समय युवा पुस्तामा स्माइल डिजाइनिङ प्रोग्रँमको क्रेज हृवात्तै बढेको छ ।

आफ्ना सन्तानहरुको शैक्षिक गतिविधहरुको अभिभावकहरुमा बढ्दो चासोका कारण अहिलेका युवापुस्ताहरु टिनएजमा आइपुग्दा सम्म भविष्यमा के बन्ने अथवा कुन विषय अध्ययन गर्ने भन्ने बारेमा स्पष्ट भैसक्छन् । शैक्षिक गतिविधिका साथ-साथै युवापुस्ताले आफ्नो व्यक्तिगत तथा मानिसक ग्रूमिङमा समेत ध्यान दिन थालेको छ ।

टिनएजदेखि नै युवा-युवतीहरुले आफू प्रोफेशनल बन्ने बेलासम्ममा कसरी फर्फेक्ट बन्ने भन्ने बारेमा योजना बनाइसकेका हुन्छन् । दन्त रोग विशेषज्ञहरुका अनुसार उनीहरुसंग आफ्नो दाँतको शेप, रंग तथा लूक्सलाई आकर्षक बनाउन आउने बिरामीहरुमा सबैभन्दा ठूलो संख्या १८ देखि ३५ वर्ष उमेर समुहका हुन्छन् ।

समयसंगै परिर्वतन हुने मागहरु

एउटा समय थियो, जतिबेला मानिसहरु डेन्टिस्टकहाँ केवल दाँतको दुखाई कम गर्न जान्थे । यसबाहेक उनीहरु आफ्नो दाँत भर्न अथवा दाँत निकाल्न मात्र जान्थे । तर परिर्वतनशील समयसंगै बिरामीहरुको माग पनि परिर्वतन भएको छ । हिजोआज यूवा पिंढीहरु आफ्नो स्माइल डिजाइन गराउनका लागि समेत दन्त रोग विशेषज्ञकहाँ धाउन थालेका छन् ।

दाँंतलाई फर्फेक्ट शेपमा ल्याउन, गिजालाई गुलावी देखाउन आदि विभिन्न प्रकारका फर्माइशहरुका साथ बिरामीहरु डेन्टिसकहाँ पुग्न थालेका छन् ।

स्माइल डिजाइनिङ प्रोग्राम

करियरलाई उचाई र शेप दिने चाहनामा यूवाहरु डेन्टिस्टकहाँ केवल दांँतसंग सम्बन्धित समस्याहरु मात्र लिएर पुग्दैनन् । उनीहरु त्यहाँ स्माइल डिजाइनिङ गराउनका लागि पनि जाने गरेका छन् । स्माइल डिजाइनिङको बारेमा डेन्टिस्टहरु भन्छन्-‘यस्तो प्रोग्रामले केवल यूवाहरुलाई आकर्षक देखाउन सहयोग गर्छ साथै बढ्दो उमेरको असरलाई पनि अनुहारमा झल्कन दिँदैन ।’

परिर्वतन हुदैछ स्माइल प्रोफाइल

युवाहरु केवल दाँत सेतो देखाउन मात्र होइन, आफ्नो गिजा पनि गुलावी रंगको होस् भन्ने चाहन्छन् । यस प्रकारका मागहरु सहित युवाहरु उपचार गराउन थालेका छन् । युवाहरुको आवश्यकता र उनीहरुको मागलाई ध्यानमा राख्दै डेन्टल हेल्थ एक्सपर्टहरुले उनीहरुको सम्पूर्ण प्रोफाइल नै परिर्वतन गरिरहेका छन् ।

स्माइलबाट राम्रो करियर

आजको समयमा बजारमा जस्तो प्रकारका जागिरहरुको क्रेज बढेको छ, त्यसमा युवाहरुमाथि आकर्षक देखिने दवाव पनि बढेको छ । त्यसैले युवाहरु आफ्नो लुक्सप्रति विशेष सचेत हुने थालेका छन् । फेशन, एक्टिङ, हस्पिटालिटी, इमिग्रेसन, मिडिया जस्ता सबै क्षेत्रहरुमा आकर्षक लुकलाई प्राथमिकता दिइन्छ ।

त्यस्तै मेडिकल प्रोफेशनको कुरा गर्ने हो भने डाक्टरहरु माथि पनि फिट र आकर्षक देखिने दबाव हुन्छ । अनुहारको आकर्षणका लागि हाम्रो मुस्कान पनि आकर्षक हुनु आवश्यक हुन्छ ।

यसरी गरिन्छ स्माइल डिजाइनिङ

कुनै पनि व्यक्तिको स्माइल डिजाइनिङ गर्नुभन्दा पहिला एक्सपर्टहरुले उनीहरुको पुरानो फोटोहरु हेर्छन् र उनीहरुसंग उनीहरुको आवश्यकताका बारेमा कुरा गर्छन् । त्यसपछि उनीहरुका लागि स्माइल डिजाइनिङ कत्तिको आवश्यक छ भन्ने विषयमा छलफल गर्छन् । त्यसपछि मात्र यदि आवश्यक भयो भने सबैभन्दा पहिला दांँतलाई ब्लिचिङ गरिन्छ । जसले गर्दा दाँत पहिलाको तुलनामा धेरै सफा र सेतो देखिन्छ ।

दाँतको बीचको ग्यापमा केन्द्रित

स्माइल डिजाइनिङको क्रममा दाँतहरुको बीचको ग्यापलाई पनि फिल (भरिन्छ) गरिन्छ । त्यसका लागि इन्डाइरेक्ट विनियर्स टेक्निक प्रयोग गरिन्छ । यो दाँतहरुमा गरिने एक प्रकारको क्यापिङ हो, जसले दाँतहरुको बीचका स-साना ग्यापहरुलाई पनि भरिदिन्छ र लूकलाई फर्फेक्ट बनाइदिन्छ ।

दाँतमा दाग

जुन ठाउँको पानीमा फ्लोराइडको मात्रा अत्यधिक हुन्छ, उक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरुको दाँतमा खासगरी खैरो रंगको दाग लाग्ने समस्या हुन्छ, त्यसलाई डेन्टल फ्लोरासिस्ट भनिन्छ । डेन्टिस्टहरुले ती दागहरुलाई हटाउनका लागि इन्डारुेक्ट विनियर्स तथा ब्लीचिङ टेक्निकको प्रयोग गर्छन् ।

गिजाको रंगमा परिवर्तन

प्रायः युवाहले के कुरामा गुनासो गर्छन् भने उनीहरुको गिजा उनीहरुका साथीहरुको तुलनामा निकै कालो अथवा खैरो रंगको छ । अहिले आएर गिजालाई लिफ्ट तथा लेजर प्रविधिको सहयोगले न केवल गिजाको रंग उज्यालो बनाउन सकिन्छ, फर्फेक्ट स्माइलका लागि पनि तिनलाई अपलिफ्ट पनि गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment