Comments Add Comment

कम्युनिस्ट नेताहरु नवसामन्त जस्ता भए : मुख्यमन्त्री गुरुङ

१२ फागुन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै कम्युुनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटीको प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री गुरुङले भने, ‘हामी जनमानसमा पुग्दैनौं । झुपडीमा पुग्दैनौं ।’

जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएको भन्दै उनले सम्बन्ध सुधारमा जोड दिए ।

‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने ।

साथै कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी अन्तरघाती काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । कम्युनिस्ट पार्टीलाई जनताको बीचमा सुरक्षित राखिराख्नुपर्ने भन्दै उनले भने, ‘हामी जुन बाटोमा हिँड्न खोजिराख्या छौं, त्यही बाटोमाथि प्रश्न उठाउने भूल हामीबाट हुनुहुँदैन । अन्तरघातबाट पार्टीलाई बचाउनुपर्छ ।’

अबको ३ वर्षमा फेरि नेकपा जनताकै बीचमा जानुपर्ने भएकाले पार्टीको अस्तित्व सकिने गतिविधिमा संलग्न नहुने आग्रह गरे । ‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने ।

पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुन थालेकाले प्रतिक्रियावादीलाई खेल्न सजिलो भएको मुख्यमन्त्री गुरुङले सुनाए । ‘हामी आत्मालोचना, आत्मनिन्दामा बसेका छैनौं । आफैं आफ्नै सरकारको विरुद्धमा छौं । हुन त यसमा गोपनीयताका कुरा होलान्, इमान्दारिताका कुरा होलान्,’ मुख्यममन्त्री गुरुङले भने, ‘हामी आफैंलाई सिध्याउने बाटोमा लागिराख्या छौं । त्यसैले प्रतिक्रियावादीले हाम्रोविरुद्ध खेलिरहेका छन् ।’

‘सादा जीवन उच्च विचार’ दूर्लभ भइसकेको तर नेकपाले जीवित तुल्याउने प्रयत्न गरिरहेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment