Comments Add Comment

एनआईसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टीभी किन्दा २ हजारसम्म छुट

१२ फागुन, काठमाडौं  । एनआईसी एशिया बैंकका ग्राहकहरूले सोनी ब्राभिया ब्राण्डका टेलिभिजन खरिद गर्दा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई उच्चतम लाभ पुर्‍याउन नेपा हिमा ट्रेड लिंक प्रा.लि.सँग छुट दिनेसम्बन्धी सम्झौता गरिएको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले जानकारी दिए ।

सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राठी र नेपा हिमा ट्रेड लिंक प्रा.लि.को तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकले सोनी ब्राभिया टेलिभिजनका मोडल नम्बर ६५×८०००जी, ६५×९५००जी, ५५ए८जी, ५५ए८एफ र ५५ए१ खरिद गर्दा छुट पाउनेछन् ।

सहायक प्रमुख कार्यकारी अधिकृत राठीले भने, ‘एनआईसी एशिया बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवामार्फत बैंकको आफ्नै पीओएस र क्यूआर कोड प्रयोग गरी सोनी ब्राभियाका उल्लेखित मोडलहरूका टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment