Comments Add Comment

फोनपेले घोषणा गर्यो दुवई ट्रिपका विजेता

१२ फागुन, काठमाडौं । फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागी ग्राहकको तर्फबाट सुपि्रया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल बिजेता बन्न सफल भए ।

वजेता गत बिहीबारको कल कान्तिपुरको लाइभ शोमा लक्की ड्रमार्फत घोषणा गरिएको थियो ।

दुबई टि्रप जित्ने व्यक्तिले थप तीन जना व्यक्तिलाई पनि आफुसँग लैजान पाउनेछन् । विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् ।

फोन पे ले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा ६ महिनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’योजना उपहार योजना सञ्चालन गरिरहेको छ । । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ ।

दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याकप्राप्त गर्नेछन् । यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एक जनाग्राहक र मर्चेन्टले दुबई टि्रप जित्न सक्नेछन् । दुबई ट्रिप जित्ने ग्राहक र मर्चेन्टले अन्य थप तीन जनालाई पनि दुबई ट्रिपमा लैजान पाउनेछन् ।

उपहार योजना जुन अन्त्य सम्म सञ्चलन हुनेछ । यस उपहार योजनामा कुल १८ सय १० जनाले शतप्रतिशत क्यासब्याक पाउनेछन् । यसैगरी साप्ताहिक दुई जनाका दरले ५० जना र प्रत्येक महिना दुई जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् । फोन पेका हाल ९० हजार भन्दा धेरै मर्चेन्ट रहका छन् भने नेपालभरका ५० भन्दा बैंक तथा वित्तिय संस्थाका ८० लाख मोबाईल बैंकिङ सदस्य रहेका छन् । फोन पे ले सदस्य बैंक तथा वित्तिय संस्थामार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment