Comments Add Comment

भारत भ्रमणमा ट्रम्पले गरे पाकिस्तानको पनि चर्चा

तस्वीर : एएफपी/रासस

१२ फागुन, काठमाडौं । भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिकाले मिलेर आतंकवाद रोक्ने बताएका छन् । साथै पाकिस्तानसँग पनि अमेरिका निकै सकारात्मक रुपमा अगाडि बढिरहेको उनले बताएका छन् ।

राष्ट्रपति बनेपछि पहिलो पटक भारत आएका ट्रम्पलाई अहमदाबादमा भव्य स्वागत गरिएको छ । उनलाई विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरे । लगत्तै दुबैले मोटेरा स्टेडियममा भेला भएका हजारौं मानिसलाई सम्बोधन गरे ।

सम्बोधनका क्रममा ट्रम्पले मोदीको खुलेर प्रशंसा गरे ।

विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियमबाट सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले एड्भान्स डिफेन्स सिस्टम बनाउने र भारतलाई रक्षा उपकरण दिने बताए । अमेरिका र भारतले यो कुरामा संकल्पित छ कि आतंकवादसँग मिलेर लड्छौं । हामीले इस्लामिक स्टेटलाई अन्य गरेका छौं, अल बग्दादीलाई अन्त्य गरेका छौं ।’

सम्बोधनका क्रममा ट्रम्पले पाकिस्तानको पनि चर्चा गरे । पाकिस्तानसँग पनि अमेरिकाको राम्रो सम्बन्ध राम्रो रहेको भन्दै उनले भने, ‘हामी पाकिस्तानसँग पनि निकै सकारात्मक तरिकाले काम गरिरहेका छौं ताकि पाकिस्तानी सीमामा सक्रिय अतंकवादी संगठनलाई परास्त गर्न सकियोस् ।’

यसले दक्षिण एसियामा तनाव कम हुने भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामी अपेक्षा गर्छौ कि दक्षिण एसियाको अरु देशमा शान्ति आउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment