Comments Add Comment

बुढासुब्बा गोल्डकपमा बेलबारीलाई हराउँदै मनाङ सेमिफाइनलमा

१२ फागुन, विराटनगर । मनाङ मर्स्याङदी क्लब काठमाडौं धरानमा जारी २२औं बुढासुब्बा टुबोर्ग गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

प्रदेश मुख्यमन्त्री लिगको विजेता बेलबारी फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा प्रवेश गरेको हो ।

मनाङको जितमा दयानन्द इङबाङमले २ गोल गरे । निशान लिम्बू र बिमल रानाले समान एक/एक गोल गरे ।

पहिलो पटक बुढासुब्बा गोल्डकप खेलेको बेलबारी फुटबल क्लब भने बाहिरिएको छ ।

प्रतियोगिताको म्यान अफ द म्यान मनाङका दयानन्द भए । निशान लिम्बूले गरेको गोल उत्कृष्ट घोषित भयो । दयानन्दले १५ हजार नगद पुरस्कार पाउँदा लिम्बुले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यस अघि युकेएफसी भारत र नेपाल पुलिस क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन् । आयोजक

धरान फुटबल क्लबलाई टाइबेकरमा ४–२ ले पराजित गर्दै युकेएफसी अन्तिम चारमा प्रवेश गरेको थियो । पुलिसले मेची नेत्रालय काँकडभिट्टालाई पराजित गर्दै सेमिफानल प्रवेश गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment