Comments Add Comment

प्रधानमन्त्रीले गरे बैंकको शाखा कार्यालय उद्घाटन

१२ फागुन, काठमाडौँ । जन्मदिन मनाउन तेह्रथुपको आठराई गाउँपालिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको शाखा खोल्न समेत भ्याएका छन् । प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेडको आठराई शाखाको आइतबार उद्घाटन गरेका हुन् ।

प्रवक्ता प्रकाशकुमार अधिकारीले सोमबार एक विज्ञप्ति जारी गर्दै बैंकको शाखा कार्यालय प्रधानमन्त्रीबाट उद्घाटन गरिएको जानकारी दिएका छन् । उनका अनुसार शाखामा आइतबारदेखि सम्पूर्ण बैंकिङ्ग कारोबार सुचारु भएको छ ।

प्रधानमन्त्रीसँगै शाखा उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी समेत सहभागी थिए ।

सबैभन्दा जेठो बैंकको रुपमा विंसं. १९९४ कार्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रुपमा नेपालमा बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले ८३ वर्षको इतिहास बनाएको छ ।

बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम रहेको छ । बैंकले देशको ६३ जिल्लामा रहेका १७७ वटा शाखाहरु, २६ बटा एक्स्टेन्सन काउण्टर तथा ११९ बटा एटिएम मार्फत बैंकिङ्ग सेवा दिँदैआएको छ र आगामी आ.ब. भित्र सबै जिल्लाहरुमा शाखा सञ्जाल पुर्याउने लक्ष्यका साथ कार्यहरु अगाडी बढाईरहेको बैंकका प्रवक्ताअधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment