Comments Add Comment

मार्चदेखि नि:शुल्क सार्वजनिक यातायात, लक्जेम्बर्ग बन्दैछ विश्वकै पहिलो देश

दुनियाको सम्वृद्ध देश मध्येको एक लक्जेम्बर्गले आगामी मार्च महिनादेखि सबै सार्वजनिक यातायात नि:शुल्क बनाउँदैछ । मार्च महिनादेखि लक्जेम्बर्गका नागरिकहरुले बस तथा रेलहरुमा यात्रा गर्दा पैसा तिर्नु पर्नेछैन । योसँगै लक्जेम्बर्ग नि:शुल्क सार्वजनिक यातायात सेवा सुरु गर्ने विश्वकै पहिलो देश बन्नेछ ।

सन् २०१८ को अन्त्यमा लक्जेम्बर्गमा प्रधानमनत्रीले सपथ लिने क्रममा सार्वजनिक यातायात नि:शुल्क बनाउने घोषणा गरेका थिए । त्यो आगामी महिनादेखि कार्यान्वयनमा आउन लागेको हो ।

यो सँगै लक्जेम्बर्गमा ६ लाख नागरिक, १ लाख ७५ हजार विदेशी मजदुरका साथै लक्जेम्बर्गमा आउने वार्षिक १२ लाख पर्यटकले त्यहाँ नि:शुल्क सार्वजनिक यातायातको फाइदा उठाउन पाउने छन् ।

देशमा सार्वजनिक यातायातको प्रयोगकलाई बढावा दिन, निजी सवारी साधनको संख्या तथा प्रदूषणलाई कम गर्नुका साथै धनी र गरीबबीचको बढ्दो खाडल पूर्ति गर्नका लगि सरकारले यस्तो कदम उठाएको हो ।

युरोपेली संघका सदस्य मुलुकहरुमध्ये प्रतिव्यक्ति कारको संख्या लक्जेम्बर्गमै सबैभन्दा धेरै छ । लक्जेम्बर्गमा ६० प्रतिशत मानिसहरु कार्यालय जानका लागि आफ्नो निजी कारको प्रयोग गर्दछन् । केवल १९ प्रतिशत मानिसहरुले मात्र सार्वजनिक सवारी साधन प्रयोग गर्ने गरेका छन् ।

हुनत अहिले पनि लक्जेम्बर्गमा सार्वजनिक सवारी साधनको भाडादर निकै न्यून छ । २० वर्षसम्मका विद्यार्थीहरुले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा पैसा तिर्नु पर्दैन । अन्यका लागि चार युरोको टिकटले एक दिनभर यात्रा गर्न सकिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment