Comments Add Comment

पूजा र पलले भने–‘विद्यार्थी जीवनमा ख्याल गर्नुहोला’

नायक पल शाह र नायिका पूजा शर्माले आफ्नो चलचित्र ‘म यस्तो गीत गाउँछु २’को जोडतोडका साथ प्रचार सुरु गरेका छन् । फागुणको ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई लिएर दर्शकमा उत्साह छ । पल र पूजा आज बिहान काठमाण्डौको व्रिलियन्ट कलेजमा पुगेका छन् ।

कलेजमा सयौ विद्यार्थीहरुको माझ पूजा र पलले चलचित्रको ‘तिम्रो घरको वरिपरी’ बोलको गीतमा नृत्य गरेका थिए । उनीहरुलाई कलेजका विद्यार्थी र शिक्षकहरुले भव्य स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै नायिका पूजा शर्माले भनिन्–‘कलेज लाइफमा म पनि बदमास थिएँ । तर, कुन बाटोमा लाग्ने भन्ने उमेर नै यही हो । पढाइसँगै मनोरञ्जन पनि गर्नुहोला ।’नायक पल शाहले यो उमेरले भविष्य बनाउने बताउँदै विद्यार्थीहरुलाई पढ्न र चलचित्र हेरेर मनोरञ्जन लिन पनि आग्रह गरे । चलचित्रका निर्देशक सुदर्शन थापाले मानिसको जीवनमा अध्ययनसँगैसँगै कहिलेकाही मनोरञ्जन पनि आवश्यक रहेको सुनाए ।

पल र पूजालाई कलेजमा देख्दा विद्यार्थीहरु उत्साहित देखिएका थिए । केही विद्यार्थीहरुले चलचित्रको गीतमा नृत्य समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment