Comments Add Comment

‘आमा’ हेरेपछि ऋचाको प्रतिक्रिया–‘सरी’, म बोल्न सक्दिनँ’

चलचित्र ‘आमा’ले दर्शकको मन जितिरहेको छ । विशेषगरि, चलचित्रको वर्थ अफ माउथ बलियो भएपछि दर्शकको अकुपेन्सी पनि बढिरहेको छ । यसैविच, चलचित्रको विशेष शो वुधबार आयोजना गरिएको छ । काठमाण्डौको कुमारी हलमा आयोजित विशेष शोमा पुगेकी नायिका ऋचा शर्माको आँखाबाट आँशु झरिरहेका थिए । उनले मिडियासँग भनिन्–‘सरी, आज म बोल्न सक्दिनँ ।’

कार्यक्रम हेर्न पुगेका संचारकर्मी रवि लामिछानेले पनि आफ्नो विगत संझिए । आफ्नी आमाको निधन हुँदा आफू नेपाल आउन नपाएको क्षण संझदै रविले निर्देशक दीपेन्द्र के खनालको कामको तारिफ गरे ।

उनले भने–‘चलचित्रले मलाई धेरै ठाउँमा रुवायो । निर्देशक दीपेन्द्र के खनाल चलचित्र बनाउँदा त्यसको गहिराइमा पुगेर बनाउनु हुँदोरहेछ भन्ने मैले पाएँ । धेरैपछि, मैले एउटा उत्कृष्ट चलचित्र हेरेको छु ।’
नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दले ‘आमा’ हरेक कोणबाट उत्कृष्ट रहेको प्रतिक्रिया दिइन् ।

यस्तै, कलाकार निर शाहले पनि चलचित्रको खुलेरै प्रशंसा गरे । उनले ‘आमा’लाई क्लासिक चलचित्र भन्दै प्रशंसा गरेका थिए ।

चलचित्र हेर्न माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला पनि हल पुगेकी थिइन् । चलचित्र हेर्न निर्देशक दीपेन्द्र के खनालकी आमा पनि हलमा पुगेकी थिइन् । उनी, चलचित्र हेरिसकेपछि बोल्नै सकिनन् ।
मिथिला शर्मा, सुरक्षा पन्त लगायतको मुख्य भूमिका रहेको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment