Comments Add Comment

हृदयघातको पूर्व संकेत गर्ने उपकरण तयार

विश्वमा पछिल्लो समय हृदयाघातको कारण ज्यान गुमाउनेहरुको संख्या बढ्दो मात्रामा देखिन्छ । नेपालमा केही समय अघि हृदय रोग निवारण प्रतिष्ठानले तयार पारेको तथ्यांकमा कूल जनसंख्याको २० प्रतिशतलाई मुटु रोगको समस्या रहेको अनुमान गरिएको थियो ।

यो संख्याको मध्यमा पनि धेरै मानिसहरु वयष्कहरु रहेको बताइएको छ । नेपालमा कूल रोगीहरुको ३० प्रतिशत वयस्कहरुले उच्च रक्तचापको समस्या झेलिरहेको बताएका छन् । मुटु रोग लाग्ने मध्ये अधिकांशले खानामा ध्यान नदिँदा यस्तो समस्या भएको बताउने गरिन्छ ।

उता विश्व स्वास्थ्य संगठनले भने वायु प्रदूषणले पनि नेपालमा धेरै मुटुरोगीहरु बढेको जनाएको छ । दुई वर्ष अघि मुटु रोगसम्बन्धी संगठनले गरेको एउटा अध्ययन प्रतिवेदनमा बर्सेनी ३३ सय ३८ जना नेपालीले इस्केमिक हर्ट डिजिज (मुटुसम्बन्धी रोग)का कारण ज्यान गुमाउनु परेको उल्लेख गरेको थियो । यसको प्रमुख कारण यहाँको आकाशमा घोलिएको विषाक्त हावा नै रहेको संगठनको दाबी छ ।

यो समस्या केवल नेपालमा मात्रै नभएर विश्वका अधिकांश देशहरुले भोग्ने गरेको समस्या हो । अमेरिकामा हरेक वर्ष ६ लाखभन्दा धेरैले हृदयघातका कारण आफ्नो ज्यान गुमाउने गरेको त्यहाँको सरकारी प्रतिवेदनमा उल्लेख छ । यो अमेरिकाको कूल मृत्युदरको एक चौथाई संख्या हो ।

तत्काल हृदयाघातबारे जानकारी दिने प्रविधि

हृदयाघात देख्दा सामान्य लाग्ने भएपनि यो अचानक हुने आक्रमण भएकोले यो अरु रोगभन्दा धेरै खतरनाक मानिन्छ । किनभने सबै चीजहरु साधारण देखिन्छ तर जब मुटुमा समस्या हुन्छ ।

त्यसपछि बिरामीलाई अस्पताल लैजान धेरै समय बाँकी रहँदैन । तर, यसको उपचारको लागि वैज्ञानिकहरुले नयाँ प्रविधिको खोजी गरेको दाबी गरेका छन् । यसबारेमा धेरै सोध भएको छ । तर, जापानको एउटा विश्वविद्यालयले गरेको एउटा सोधले मुटुको समस्याबारे पूर्व जानकारी दिने प्रविधिको विकास गरेको दाबी गरेको हो ।

यो खोज जापानको युटा विश्वविद्यालय र बीए साल्ट लेक सिटी स्वास्थ्य सेवा प्रणालीका वैज्ञानिकहरुको संयुक्त प्रयासमा सम्पन्न भएको हो । उनीहरुले तयार पारेको सो प्रविधिको सहयोगले आपतकालीन अवस्थामा हुने मृत्युलाई धेरै हदसम्म कम गर्न सकिने उल्लेख गरिएको छ ।

त्यस्तै, अमेरिकाको नेसनल सेन्टर फर बायोटेक्नोलोजिकल इन्फरमेसनले तयार पारेको अर्को रिपोर्टमा सवारी चालकहरुले यात्राको क्रममा आफ्नो मुटुको धड्कन वा खराबीको बारेमा जानकारी लिनसक्ने प्रविधि समेत पत्ता लागेको बताएको छ ।

यो प्रविधिका अनुसार वैज्ञानिकहरूले हृदयाघात पत्ता लगाउनको लागि ब्लुटुथ सेन्सरको विकास गरेका छन् । यो नयाँ ब्लुटुथ सेन्सरले १० दिनपछि हुनसक्ने मुटु सम्बन्धी समस्याको बारेमा समेत जानकारी दिने दाबी अनुसन्धानकर्ताहरुको छ ।

यो ब्लुटुथ सेन्सर छातीमा माला लगाए जसरी लगाउने वा छातीमा केही गरेर राख्ने गरिन्छ । यसले मुटुको दर र ताल, निद्राको गुणस्तर र शरीर आसनको आधारमा मुटुको स्वास्थ्यलाई विश्लेषण गर्ने बताइन्छ ।

वैज्ञानिकहरूले पत्ता लगाएको यो सेन्सरलाई १०० जना मुटु रोगीहरुमा परीक्षण गरेका थिए । यी बिरामीहरुको उमेर ६८ वर्षको थियो । उनीहरुलाई यो सेन्सर तीन महिनासम्म आफ्नो छातीमा लगाउन लगाइएको थियो ।

यो अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता डा. जोसेफ स्टिलिकले यो अनुसन्धानले हृदयघातको कारण दुखद् निधनबाट बचाउनको लागि मुख्य भूमिका खेल्ने दाबी गरेका छन् ।

रिपोर्टमा यस उपकरणको सहायताले बिरामीहरु आफ्नो मुटुमा समस्या भएको कुरा समयमा नै पत्ता लगाएर अस्पतालसम्म जान सक्ने दाबी गरिएको छ ।

एक पटक मुटुमा भएको परिवर्तनको बारेमा जानकारी प्राप्त भएपछि अस्पतालमा चिकित्सकहरुले समेत उपचार प्रक्रिया छिट्टै सुरू गर्न सक्छन् भन्ने विश्वास अध्ययन रिपोर्टमा गरिएको छ ।

जब मुटुले काम गर्दैन, मुटु असफलताको स्थितिमा पुग्छ वा जब मुटुले सामान्य रूपमा काम गर्दैन । त्यस्तो अवस्थामा मुटुमा रगत पर्याप्त मात्रामा हुँदैन र केही अवस्थामा हृदयले शरीरको अन्य भागहरूमा रगत पम्प गर्न सक्षम हुँदैन ।

यो प्रविधिले माथि उल्लेखित समस्याबाट मानिसलाई मृत्युको मुखमा लैजान नदिने उल्लेख गरिएको छ । बेलायतमा ९ लाखभन्दा धेरै मुटुका समस्या भएका मानिसहरु छन् । अमेरिकामा यो संख्या ६५ लाख वयस्कमा यो समस्या देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment