Comments Add Comment

यू १९ दुई दिवसीय क्रिकेटको उपाधिका लागि जिएचसीए र केसीटीसी भिड्ने

काठमाडौं । काठमाडौं क्रिकेट ट्रेडिङ सेन्टर (केसीटीसी) दोस्रो संकरणको हिमालय क्रिकेट लिग (एचसीएल) यू १९ दुई दिवसीय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा ओसिस क्रिकेट एकेडेमीलाई एक इनिङ्स र ३१ रनले पराजित गर्दै केसीटिसी उपाधि नजिक पुगेको हो । केसीटिसीले उपाधिका लागि अब ग्रेट हिमालय क्रिकेट एकेडेमी (जीएचसीए)सँग खेल्नेछ ।

केसीटिसीले पहिलो इनिङ्समा बनाएको १९० रन ओसिसले दुई इनिङ्स खेल्दा समेत बनाउन नसकेपछि इनिङ्स अन्तरको हार बेहोरेको हो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केसीटीसीले पहिलो दिन पहिलो इनिङ्समा अलआउट हुँदै १९० रन बनाएको थियो । ओसिसले पहिलो इनिङ्समा ३७ ओभरमा अलआउट हुँदै ८१ रन बनाएको थियो । यस्तै दोस्रो इनिङ्समा पनि कमजोर ब्याटिङ गरेको ओसिस ३० ओभरमै ७८ रनमा अलआउट भयो ।

ओसिसले पहिलो इनिङ्समा बनाएको ४४-५ बाट दोस्रो दिनको खेल शुरु गरेको थियो। तर केसीटिसीका सूर्य तामाङ एक्लैले ८ विकेट लिँदा ओसिस पहिलो सेसनमै अलआउट भयो । ओसिसका रोशन पुलामीले २२, सचिन शर्माले १८ तथा सुदिप बस्नेतले १५ रन बनाए । स्वरुप श्रेष्ठ १४ रनमा अविजित रहे । बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

केसीटीसीका सूर्य तामाङले १५ ओभरमा २ मेडन राख्दै २८ रन खर्चेर एक्लैले ८ विकेट लिए ।

पहिलो इनिङ्समा कम स्कोरमा अलआउट भएपछि दोस्रो इनिङ्स शुरु गरेको ओसिस ७८ रन जोड्दा अलआउट भएपछि केसीटिसीले इनिङ्स अन्तरको जित हात पारेको हो । ओसिसका सागर भण्डारीले १८, आशिष झाले १७ र सुजल श्रेष्ठले १३ रन बनाए भने बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन् । केसीटीसीका सूर्य तामाङ र तिलक भण्डारीले ५/५ विकेट लिए ।

त्यसअघि पहिलो इनिङ्सिमा केसीटीसीका लागि ओपनर ब्याट्सम्यान विपिन आचार्यले ५९ रनको बनाउँदा राहुल भण्डारीले ४२ तथा विबेक राना मगरले २७ रन जोडे । ओसिसका सचिन शर्माले ४ तथा सुमित श्रेष्ठ र आयुश बानियाले २/२ विकेट लिए ।

केसीटीसी समूह ए को दुवै खेल जित्दै समूह विजेताको रुपमा फाइनल पुगेको हो । हिमालय स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा भइरहेको प्रतियोगितामा जीएचसीए समूह बी मा दुई खेल जित्दै फाइनल पुगिसकेको छ ।

अर्किड कलेजको मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेता टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बललर र उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment