Comments Add Comment

एसीसी इस्टर्न रिजन टी २० को ट्रफी सार्वजनिक, कसले जित्ला उपाधि ?

१६ फागुन, काठमाडौं । एसीसी इस्टर्न रिजन टी२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।

एसीसीले प्रतियोगिता शुरु हुनु एक दिनअघि सहभागी पाँच देशको कप्तानमाझ शुक्रवार ट्रफी सार्वजनिक गरेको हो ।

एसिया कपको रोडम्यापको रुपमा समेत रहेको यस प्रतियोगितामा नेपालसहित ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । शनिवारदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली थाइल्याण्डले सिंगापुरसंग खेल्नेछ ।

यस्तै नेपालले पहिलो खेल शनिबारै मलेसियासंग खेल्दैछ । नेपालले दोस्रो खेल १ मार्चमा हङकङसंग खेल्नेछ । यस्तै नेपालले तेस्रो खेल ४ मार्चमा आयोजक थाइल्याण्डसंग खेल्नेछ भने ६ मार्चमा सिंगापुरसंग अन्तिम खेल खेल्नेछ ।

प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित नेपाली टोली बिहीबार थाइल्याण्ड पुगेको हो । नेपालले शुक्रबार अभ्याससमेत गरेको छ । कोरोना संक्रमणको कारण चीन, म्यानमार र भुटानले सहभागिता नजनाएपछि इस्टर्न रिजनमा पाँच टोलीले मात्र खेल्न लागेको हो ।

नेपाल,थाइल्याण्ड, सिंगापुर, मलेसिया र हङकङले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गरेपछि अंकतालिकामा शीर्ष दुईमा रहने टिम अगष्टमा मलेसियामा हुने एसिया कप क्वालिफायरमा पुग्नेछन् ।

वेष्टर्न रिजनबाट यसअघि नै युएई र कुवेत छनोट भइसकेका छन् । चार टोली सम्मिलित क्वालिफायरको विजेता टोली मात्र सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुनेछ । जसमा पाँच टेष्ट राष्ट्रसहित ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment