Comments Add Comment

‘कोरोनाका कारण पर्यटन वर्षका कुनै कार्यक्रमहरु प्रभावित भएका छैनन्’ 

१६ फागुन, काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सचिवालयका संयोजक सुरज वैद्यले नोवल कोरोना भाइरसका कारण पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु प्रभावित नभएको बताएका छन् ।

शुक्रबार ‘नेपालको ट्राभल उद्योगमा कोरोना भाइरसको प्रभाव’ विषयमा काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै संयोजक वैद्यले पर्यटन वर्षका कुनैपनि कार्यक्रमहरु कोरोना भाइरसका कारण प्रभावित नहुने बताएका हुन् ।

उनले भ्रमण वर्षको लक्ष्य २० लाख पर्यटन नेपाल भित्र्याउने मात्र नभई नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने र लगानी गर्ने पनि भएकाले कोरोना भाइरसको प्रभाव नपर्ने दावी गरे ।
उनले भ्रमण वर्षमा पर्यटकीय गन्तव्यहरुको विकास गर्ने र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने काम भइरहेको बताए ।

भ्रमण वर्षको उद्देश्य पर्यटनको गन्तव्यहरु विकास गरी नयाँ रोजगारी सिर्जना गर्ने पनि भएकाले ती कामहरु भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment