Comments Add Comment

चित्लाङका पर्यटन व्यवसायी देवेन्द्र दिल्लीमा सम्मानित

१६ फागुन, वीरगञ्ज । मकवानपुर थाहा नगरपालिका– ९ चित्लाङका पर्यटन व्यवसायी देवेन्द्र नेपालले ‘एशियन एक्सिलेन्स अवार्ड–२०२०’ पाएका छन् । विभिन्न पाँच देशका पर्यटन व्यवसायीहरु मध्ये चित्लाङका देवेन्द्रलाई उत्कृष्ट पर्यटन व्यवसायीको रुपमा अवार्ड दिइएको हो ।

विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नेपाल, सिंगापुर, भियतनाम, मलेशिया  र भारतका  ३० जनालाई भारतको दिल्लीमा राय फाउन्डेसन र लाइभ २४ ले अवार्ड दिएको हो ।

चित्लाङ पर्यटनका पिताको रुपमा परिचित देवेन्द्रले चित्लाङमा सन् २०१० देखि नै अर्गानिक भिलेज रिसोर्ट सञ्चालन गर्दै आएका छन् । अर्गानिक र ई-को रिसोर्ट मार्फत पर्यटन र होटल व्यवसायमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई अवार्ड प्रदान गरिएको हो ।

नेपालबाट अवार्डका लागि उनी लगायत पाँच जना मनोनयनमा परेका थिए ।

अवार्डले पर्यटकीय गाउँ चित्लाङलाई भारतीय बजारमा चिनाउनुको साथै नेपाल भ्रमण वर्ष २०२० का लागि समेत अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश गएको नेपाल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment