Comments Add Comment

नेपाल स्काउटको गण्डकी प्रदेशस्तरीय तालिम शुरु

१६ फागुन,काठमाडौं । गण्डकी प्रदेशस्तरीय स्काउट आधारभूत तालिम पोखरामा शुरु भएको छ । नेपाल स्काउटको झण्डा फहराएर यसै प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले तालिमको उद्घाटन गरे ।

गण्डकी प्रदेशका हरेक स्थानीय तह र विद्यालयमा स्काउटको तालिम पुर्‍याउने गण्डकी प्रदेशका मुख्य मन्त्री गुरुङले बताए । उनले आगामी आर्थिक वर्षमा बजेट छुट्याउन सहयोग गर्ने र नेपाल स्काउटसँग सहकार्य गर्ने गुरुङ्गले प्रतिबद्धता जनाए ।

गण्डकी प्रदेशका ८६ स्थानिय तहबाटै आएका २२८ महिला पहिला सहित ३९१ जना सहभागी रहेको तालिम ६ दिनसम्म चल्नेछ हरेक प्रदेशमा स्काउटको तदर्थ समिति चाँडै निर्माण हुने युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बताए ।

केहि समय अघि प्रदेश १ र ५ मा पनि यस किसिमको तालिम सम्पन्न भइसकेको नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले बताएका छन् ।

स्काउट मास्टर्स बन्न आएका व्यक्तिहरु अब जिम्मेबार नागरिक बन्ने, समृद्ध नेपाल र सुखी नेपालीको नारालाई यिनै युवाहरुले पुरा गर्ने , नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment