Comments Add Comment

लोकतान्त्रिक सरकारकै पालामा प्रेस स्वतन्त्रताको प्रत्याभूति भएन : अध्यक्ष आचार्य

१८ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतान्त्रिक सरकार भए पनि प्रेस स्वतन्त्रताको प्रत्याभूति भने हुुन नसकेको बताएका छन् ।

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष आचार्यले व्यवस्था परिर्वतन भए पनि प्रेस स्वतन्त्रताको अवस्था भने संकुचित हुदै गएको बताएका हुन् ।

लोकतान्त्रिक सरकार भए पनि लेख्ने स्वतन्त्रताका लागि संचारकर्मी सडकमा आउनुपर्ने अवस्था सिर्जना हुनु दुखद भएको उनको भनाइ छ । लोकतन्त्रको मुख्य आधार प्रेस स्वतन्त्रता भए पनि सरकारले सरोकारवाला पक्षसंग एक पटक पनि छलफल नै नगरी मिडिया काउन्सिल, सूचना प्रविधि विधेयक ल्याएको गुनासो उनले गुनासो गरे ।

‘आज देशमा लोकतन्त्र स्थापना भयो । लोकतान्त्रिक सरकार चयन भयो । तर अहिले पनि हामी लडिरहनुपरेको छ । अहिले पनि लेख्ने स्वतन्त्रताको लागि सडकमा आउनुपर्ने अवस्था छ । ऐन कानुनहरु संसदमा जाँदाखेरी संविधानभन्दा विपरीतका छन्’ उनले भने ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कतिपय सञ्चार माध्यम अदृश्य स्रोतबाट सञ्चालन भएका र ती मुलुकप्रति उत्तरदायी नभएको आरोप लगाए । ‘वान म्यान मिडिया सञ्चालन गर्यो ,त्यसपछि जे मन लाग्यो त्यही लेख्यो । कहाँ बाट स्रोतहरु प्राप्त हुन्छन् । त्यो स्रोतको सेवामा समर्पित भयो । यो विकृतिले पार्ने नोक्सानी । यसको बारेमा पनि जवाफदेही हुनुपर्छ ।’ उनले भने ।

मन्त्री पोखरेलले सञ्चार जगतलाई आलोचनात्मक भूमिका निर्बाह गर्न पनि आग्रह गरे । कार्यक्रममा १ हजार डलर राशीको इञ्जा स्रष्टा सम्मानबाट नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणि रेग्मी चुमरे लाई प्रदान गरिएको थियो ।

त्यसैगरी इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहलाई संयुक्त रुपमा प्रदा गरिएको थियो । दुवैलाई जनही ५ सय डलर रुपैया प्रदान गरिएको छ ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो समय कार्यरत पत्रकारहरु नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, राष्ट्रिय सुचना अयोगका पुर्व आयुक्त किरण पोख्रेल, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, समाचार पत्र दैनिकका सम्पादक कपिल काफ्ले, नेपाल प्रेस काउन्सिलकी सदस्य संगीता खड्कालाई इञ्जा सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उनकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २ सय ४४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment