Comments Add Comment

सेयर बजारमा पहिरो, नेप्से परिसूचक ६६ अंकले घट्यो (अपडेट)

१९ फागुन, काठमाडौं । साताको दोस्रा दिन सोमबार पनि सेयर बजार राताम्मे देखिएको छ । कारोबार खुलेको डेढ घण्टामै सेयर कारोबार मापक नेप्से परिसूचक ६५ दशमलव ८५ अंकले ओरालो लागेको छ ।

आइतबार ४० दशमलव ८२ अंकले ओरालो लागेको नेप्से परिसूचक सोमबार कारोबार खुलेसँगै ओरालो लाग्न शुरु भएको थियो ।

कारोबार खुलेको पहिलो घण्टामा नेप्से परिसूचक ६५ दशमलव ८५ अंकले घटेर १ हजार ५ सय २५ दशमलव ५५ अंकमा झरेको छ ।

यो आइतबारको तुलनामा ४ दशमलव १४ प्रतिशतले कमी हो । नेप्से परिसूचकमा ओरालो लागे पनि सेयर कारोबार भने उल्लास कायमै देखिएको छ । कारोबार रकम १ अर्ब ७५ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

यो १२ बजेर ४१ मिनेट जादासम्मको अपडेट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment