Comments Add Comment

नितेशजंगसँग जोडी बाँध्न वर्कसप गर्दै अदिती

चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका अदिती बुढाथोकी नयाँ चलचित्रको तयारीमा लागेकी छिन् । मुम्बाई बस्दै आएकी अदिती नयाँ चलचित्रको लागि नेपाल आइसकेकी छिन् ।

चलचित्र ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलकै निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अदितीले काम गर्न लागेकी हुन् ।

युवा पुस्तामा निकै चर्चित बनेका गायक नितेशजंग कुँवरसँग आदितीले जोडी बाँध्नेछिन् । अहिले नितेश र अदिती दुवै चलचित्रको वर्कसपमा व्यस्त छन् ।

चलचित्रको विषयमा निर्माणपक्ष केही बोलेको छैन । केही समयमा चलचित्रको औपचारिक निर्माण घोषणा गर्ने भन्दै निर्माण पक्ष चुप रहेको छ । बुझिए अनुसार चलचित्रको नाम ‘बेन्जो’ राखिएको छ । तर, निर्माण पक्षले भने यस कुरालाई पक्का गरेको छैन ।

युवा पुस्तामा रुचाइएका गायक नितेशजंगले यसै चलचित्रबाट डेब्यु गर्न लागेका हुन् । अदितीले पनि पहिलो चलचित्रबाट राम्रो शुभचिन्तक कमाएकी छिन् । यी दुईको जोडी कस्तो रहने हो भन्ने धेरैको चासोको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment