Comments Add Comment

नेपाली चलचित्रसँग नजुध्ने भन्दै सर्‍यो ‘नीरफूल’

फूलमान वलको निर्देशनमा तयार भएको चलचित्र ‘नीरफूल’ले पुनः प्रदर्शन मिति हेरफेर गरेको छ । फागुनको ३० गतेलाई रिलिज मिति पक्का गरेको यस चलचित्र एक साता पछाडि धकेलिएको छ । अब भने चलचित्र चैतको ३ गते रिलिज हुनेछ ।

नीरफूलले सर्वप्रथम भदौलाई रिलिज टार्गेट बनाएको थियो । उक्त मितिमा रिलिज हुन नसकेपछि सर्दा-सर्दै चैतमा आइपुगेको छ । चलचित्रको रिलिज डेट सारिएको विषयमा निर्देशक वलले भने, ‘फागुन ३० गते अर्को नेपाली चलचित्र आउने भयो । त्यसैले हामी पछाडि सरेका हौँ ।’

नेपाली चलचित्र क्षेत्रमा आपसी समझदारी र सहकार्यको संस्कार विकास होस् भन्ने सोच सहित चलचित्रलाई एक साता पछाडि सारिएको निर्देशक वलको भनाई छ । फागुनको ३० गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको तयारीमा रहेको छ ।

भुकम्पका कारण विछोडिएको एक परिवारको कथा प्रस्तुत गर्ने ‘नीरफूल’मा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा तयार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment