Comments Add Comment

कोरोनाका कारण नेपाल यू-१२ फुटबल टिमको जापान भ्रमण रद्द

काठमाडौं । यही मार्चमा जापानमा हुने भनिएको अन्तर्राष्ट्रिय कोपा टोरे यू-१२ फुटबल प्रतियोगितामा नेपाली टोलीले भाग नलिने भएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण नेपाली टोलीको जापान भ्रमण रद्द भएको हो ।

यसै साता नेपाल यू-१२ टिम जापान जाने तय थियो। तर जापानमा कोरोनाको संक्रमण देखिएपछि नजाने भएको हो ।

जापानमै बस्दै आएका नेपालि राष्ट्रिय टिमका पूर्व खेलाडी वसन्त गौचनको पहलमा यस पटक अखिल नेपाल फुटबल संघ एन्फाले नै यू-१२ टिम पठाउने विषयमा सम्झौता समेत भएको थियो ।

उनै गौचनले नेपालको टुर क्यान्सिल भएको अनलाइनखबरलाई जानकारी दिए । जापानमा रहेको नेपाल युथ सकर प्रोजेक्ट (एनपीओ) का अध्यक्ष समेत रहेका गौचन फनरुट्स एकेडेमीका प्रशिक्षक समेत हुन् ।

यस्कै उनकै पहलमा कास्की जिल्ला फुटबल संघसँग सहकार्य गरेर नेपालबाट यू-१२ फुटबल टिम जापान खेल्न गएको थियो । यसो गर्दा नेपालभरका खेलाडी समेट्न नसकिएकेले यस पटक एन्फासँग नै सहकार्य गरेको गौचनले बताए थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment