Comments Add Comment

खरिपाटी क्वारेन्टाइनलाई निरन्तरता दिइने

१९ फागुन, काठमाडौं । सरकारले खरिपाटी क्वारेन्टाइनलाई निरन्तरता दिने भएको छ । कोरोना संक्रमणको जोखिम न्युनिकरण पूर्वतयारीका लागि क्वारेन्टाइनलाई निरन्तरता दिन लागिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

कोरोना संक्रमणको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरी ल्याइएका १ सय ७५ जना नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रलाई क्वारेन्टाइन बनाइएको थियो ।

चीनबाट उद्धार गरिएका सबै नेपालीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरु सोमबार घर जाँदैछन् । उनीहरु घर गए पनि क्वारेन्टाइन भने निरन्तर सञ्चालन हुने मन्त्री ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment