Comments Add Comment

‘आन्दोलन समाधान होइन, गुठी विधेयकका विषयमा स्पष्ट कुरा राख्नु पर्छ’

१९ फागुन, काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गुठी विधेयकका सवालमा आन्दोलनले निकास ननिस्कने बताएका छन् ।

मेयर शाक्यले गुठी विधेयकका विषयमा आन्दोलन गरेर भन्दा पनि राज्यसँग आफ्ना विषहरु स्ष्पष् रुपमा राखे निकास आउने बताए । प्रत्येक वर्ष इन्द्रजात्राका बेला निकालिने दीप्याखं (देवीनाच) को आगंछेँ (आगमघर) शिलान्यास गर्दै मेयर शाक्यले विधेयकका विषयमा ठोस अवधारणा तयार पार्न नसक्दा समस्या भएको बताए ।

उनले गुठीलाई कसरी बलियो गर्न सकिन्छ त्यसबारे सरोकारवाला समुदायको अवधारणा ल्याउन प्रधानमन्त्री र भूमिसुधार मन्त्रीले पटक–पटक आफूलाई अनुरोध गरेको उनले बताए ।

‘स्थानीय निकायमा जनप्रतिनिधिहरू आइसके पछि नगरको पहिचान बनिसकेका गुठी–गाना, कला, संस्कृतिहरू संरक्षणका लागि अब कसैले पनि आन्दोलन गर्नु पर्दैन,’ उनले भने, ‘सिधै वडा कार्यालय र महानगरपालिका मार्फत कार्य गर्न सकिन्छ ।

काठमाडौं महानगरपालिकाले अहिले नगरको ३२ वटै वडाका सांस्कृतिक सम्पदाहरू बनाइरहेको छ, कहीं छुटेको छ भने खबर गर्नोस्, हामी तुरुन्तै बनाइहाल्छौँ ।’ प्रमुख शाक्यले काठमाडौँ महानगरपालिका अहिले मुर्त–अमुर्त सम्पदा संरक्षणका लागि लागि रहेको भन्दै सम्पदा संरक्षणका लागि महानगर सहयोग गर्न तयार रहेको बताए ।

तर, महानगरपालिकाले सहयोग गर्छु भन्दा पनि महानगरपालिकाको सहयोग लिनु हुँदैन भनेर केहीले हल्ला गर्ने गरेको र त्यसका पछि पछि नलाग्न पनि आग्रह गरे । ‘म यहि ठाउँमा जन्मि, हुर्किएको नागरिक हुँ, यहाँको सम्पदाका बारेमा म राम्रो जानकार छु,’ उनले भने, ‘मेरो कार्यकालमैै यहाँका मन्दिर, चैत्य, वहा, बही, आगंछेँ निर्माण–पुर्न्निर्माण सक्ने गरी लागि परेको छु ।’

मेयर शाक्यले काठमाडौँका विभिन्न नाच मध्ये देवी नाच पनि एक महत्वपूर्ण र ऐतिहासिक नाच भएको भन्दै यो नाचलाई दैत्य र कुमारी बीचको युद्ध जसलाई युद्ध नाच पनि भनिने गरेको बताए । यो नाच मुख्य गरेर इन्द्रजात्रा पर्वका वेलामा निकालिन्छ ।

करीब सात करोडको लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आगमघरलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६–०७७ मा १ करोड बजेट विनियोजन गरेको छ । मेयर शाक्यले बजेट अभावमा काम नरोक्न पनि आग्रह गरे ।

पाँच तलाको सो आगमघरलाई संग्रहालयका रुपमा समेत विकास गर्ने योजना देवी नाच (दी प्याखं) प्रवद्र्धन तथा संरक्षण समितिको रहेको छ । कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि परापूर्वकालदेखि ऐतिहासिक देवीनाचका नाममा नाचहरु मञ्चन गर्दै आएको किलागल टोलमा आगमघर बन्नु खुशीको कुरा भएको बताए ।

उनले काठमाडौँ महानगरपालिका सम्पदा संरक्षणको अभियानमा जुटेको छ भन्ने प्रमाण एउटा यो पनि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment