Comments Add Comment

बेकह्यामको क्लब डेब्यु खेलमै पराजित

इंग्ल्याण्डका पूर्व कप्तान डेविड बेकह्यामको क्लब इन्टर मायमीले अमेरिकाको मेजर लिग सकर (एमएलएस) हारबाट सुरुवात गरेको छ । यसै सिजनबाट एमएलएसमा डेब्यु गरेको मायमी पहिलो खेलमै साविक विजेता लस एन्जलस (एलए) ग्यालेक्सीसँग १-० पराजित भएको हो ।

सोमबार बिहान एलएको घरेलु मैदान बान अफ क्यालिफोर्निया स्टेडियममा भएको खेलमा कार्लोस भेलाले ४४औं मिनेटमा एक मात्र गोल गरे । उनले २० यार्डबाट उत्कृष्ट गोल गरेका थिए । मायामीका रोडोल्फो पिजारो गोल गर्नबाट चुके ।

मायमी क्लब बनाउन महत्वपूर्ण भूमिका खेलेका बेकह्यामले श्रीमती भिक्टोरियासँगै डिरेक्टर्स बक्सबाट उक्त खेल हेरेका थिए । डेविड बेकह्यामले क्लबको लागि यो प्राउण्ड मोमेन्ट भन्दै खेलपछि इन्स्टाग्राममा पोष्ट गरेका थिए । ‘हाम्रो क्लबको लागि आज धेरै गौरवान्वित क्षण हो र टिमले पनि हामीलाई प्राउड बनाए । यात्रा लामो छ तर यो शुरुवात मात्र हो । हामी कसरी आयौँ भनेर गर्व गर्नुपर्छ । उत्साहि क्षण आउँदैछ ।’

बेकह्याम सन् २००७ मा स्पानिस जायन्ट रियल मड्रिडबाट एलए ग्यालेक्सी जाँदा उनको सम्झौतामा भविष्यमा सहुलियत दरमा एमएलएस फ्रेन्चाइज किन्ने अप्सन थियो । बेकह्यामले ६ वर्ष अगाडि देखि त्यो अप्सनको लागि कसरत सुरु गरेका थिए ।

६ वर्षपछि उनको मिहिनेतले सार्थकता पाएको छ । बेकह्याम क्लबका मालिक मध्ये एक हुन् भने क्लबका अध्यक्ष पनि हुन् ।

क्लबले पुरा नाम क्लब इन्टरनासिओनल डे फुटबोल मायामी हो । क्लबले मुख्य प्रशिक्षकमा कोनकाकाफ च्याम्पियन्स लिग जितेको डिएगो अलोन्सो छन् । उनले मेक्सिकन क्लब पचुका र मोन्टेरेबाट एक एक कोनकाकाफ च्याम्पियन्स लिग जितेका छन् । यस्तै क्लबको खेलाडीमा अर्जेन्टिनाका टिनएजर माटिएस पेलेग्रिनी, मेक्सिकोका पिजारो र स्कटल्याण्डका लेविस मवर्गन लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment