Comments Add Comment

सप्तकोशीमा किशोर र किशोरीको शव भेटियो

१९ फागुन, विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका सप्तकोशीमा किशोर र किशोरीको शव भेटिएको छ ।

सोमबार दिउँसो सुनसरीको बराहक्षेत्र नगरपालिका– ७ बस्ने १५ वर्षकी मौसम वर्देवा र सोही वडाका १९ वर्षका पारस लिम्बुको शव सप्तकोशी नदीमा भेटिएको हो ।

मोबाइल र चप्पल कोशी किनारमा भेटिएका लिम्बु र बर्देवाको शव सोमबार नदीको ५ सय मिटर तलमाथि भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिए ।

मोबाइल भेटिएको स्थानदेखि केही पर कोशी किनारमा बर्देवाको शव भेटिएको थियो । उनको शव भेटिएको स्थानबाट करिब ५ सय मिटरको दुरीमा लिम्बुको शव भेटिएको हो ।

डिएसपी शर्माका अनुसार बर्देवा र लिम्बुले आइतबार दिउँसोदेखि बेपत्ता थिए । प्रहरीले उनीहरु कोशीमा हामफालेको अनुमान गरेको छ ।

गाईबस्तु चराउन जानेले सोमबार दिउँसो किशोरीको शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । शव भेटिएपछि खोजी ठाकुरबारी भन्ने स्थानमा युवक र युवतीका चप्पल र मोबाइल भेटिएको थियो । मौसम स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिइन् ।

प्रहरीका अनुसार उनीहरु प्रेममा थिए ।

१० वर्षदेखि प्रेम सम्बन्धमा भएकी प्रेमिकाले अर्कैसँग बिहे गरेको फेसबुकमा लेखेर इटहरीका एक युवकले यसअघि गत माघ २८ गते सप्तकोशीमा हाम्फालेका थिए ।

सुनसरी वराहक्षेत्र १ स्थित सप्तकोशी पुलमा मोटरसाइकल छाडेर इटहरीका राजेश बानियाँले कोशीमा हाम्फालेर बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment