Comments Add Comment

पलास : पेटको समस्यादेखि यौन उपचारसम्म उपयोगी

प्राचीन कालदेखि नै औषधि मूलोको लागि प्रयोग गरिँदै आएको पलासको बारेमा आयुर्वेदमा अति महत्वका साथ उल्लेख गरिएको छ । पलासलाई ब्रह्मवृक्ष नामले चिनिन्छ ।

पलास नेपाल, भारत लगायत दक्षिण एशियाली मुलुकहरुमा पर्याप्त मात्रामा पाइने एउटा जडिबुटीमूलक औषधिमूलक बृक्ष हो । यो रूखमा ब्रह्मा, विष्णु र महेश तीन देवताको बास हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

पलासको धार्मिक महत्व पनि धेरै रहेको धर्मशास्त्रहरुमा उल्लेख छ । पलासलाई ग्रह शान्ति एवं यज्ञयज्ञादिमा एकदमै पवित्र रुखको रुपमा प्रयोग गर्ने गरिन्छ ।

प्राचीन कालदेखि नै पलास एक दैविक औषधिको रूपमा प्रयोग हुँदै आएको पाइन्छ । वैदिक कालदेखि पलासको प्रमुख प्रयोग यज्ञ कर्ममा समिधाको अलावा दुना टपरी बनाउने काममा समेत प्रयोग गर्ने गरिएको पाइन्छ ।

पलासको फूल, हाँगा पात हुँदै जरासम्म पनि औषधीय महत्वको हिसाबले अति महत्वपूर्ण रहेको मानिन्छ । यसको फललाई पाउडर जस्तो बनाएर होलीको समयमा रंगको रुपमा समेत प्रयोग गर्ने चलन प्राचीन कालमा थियो ।

पछिल्लो समय यसबाट कागजहरुको समेत निर्माण गर्ने गरिएको पाइन्छ । यसका फूलहरू धेरै आकर्षक मानिन्छन् । यसको आकर्षक फूलहरूको कारण यसलाई ‘जंगलको आगो’ समेत भन्ने गरिन्छ ।

पलासको पनि विभिन्न प्रकार हुन्छ । एउटा लता पलास हुन्छ । लता पलास दुई प्रकारको हुन्छ । एउटा रातो फूलको साथ र अर्को सेतो फूल हुने। रातो फूल फुल्ने पलासको वैज्ञानिक नाम बुटिया मोनोस्पर्मा हो । सेता फूल हुने लता पलास औषधिको दृष्टिकोणबाट बढी उपयोगी मानिन्छ ।

वैज्ञानिकहरुले लता पलासका दुबै प्रकारको वर्णन महत्वका साथ गरेको पाइन्छ । सेतो फूल फुलेको लता पलास बिरलै पाउन सकिन्छ । जसको वैज्ञानिक नाम बुटिया पर्वीफ्लोरा हो । जबकी रातो फूललाई ब्यूटिया सुपरबा भनिन्छ । पहेँलो फूल फूल्ने पलास पनि कताकतै पाउने गरिन्छ ।

पलासको औषधीय प्रयोग र यसका फाइदाहरू :

–पलासको दुईवटा पातको रस निकालेर एक थोपा आँखामा राख्दा मोतियाबिन्दु वा रतन्धोको समस्या अन्त्य हुने आयुर्वेदमा उल्लेख छ ।

– पलासको ५–७ वटा फूललाई रातभरी १०० मिलिमिटर जति चिसो पानीमा भिजाएर बिहान छानेर थोरै मिश्री मिसाएर सेवन गर्नुले नाकबाट हुने रक्तस्रावको समस्या कम हुन्छ भन्ने मान्यता छ ।

–चार वा पाँच वटा पानको पत्तामा राखेर पलासको ताजा जरालाई कुटेर खाँदा त्यसले भोक बढाउने काम गर्छ ।

–पलासको पातलाई धुलो बनाएर ४० मिलिलिटर पानीमा मिसाएर खाँदा पेटको समस्या कम हुने आयुर्वेदमा उल्लेख छ ।

–पलासको दानालाई धुलो बनाएर एक चम्चा धुलो दिनको दुई पटक खाँदा पेटका किराहरु मर्छन् ।

–पलासको पातमा घिउ दलेर दहीको मलाईको साथमा सेवन गर्दा पाइल्सबाट छुटकारा पाउन सकिन्छ ।

–१० देखि २० ग्राम गाईको घिउको साथमा पलासको पात खानु धेरै खतरनाक मानिन्छ । यसलाई केही दिनको लागि नियमित रूपमा सेवन गर्दा छालामा आएको मुसा सुक्ने गर्छ ।

–पिशावसँगै रगत आउने वा किड्नीको दुखाईमा समेत यसबाट उपचार गराउन सकिन्छ । २० ग्राम पलासको फूललाई २०० मिलिलिटर चिसो पानीमा रातभर भिजाएर बिहान हल्का चिनी मिलाएर पिउँदा पिसाबसँगै रगत आउने समस्या बन्द हुन्छ ।

–पलासको कोपिलालाई छायामा सुकाएर त्यसलाई कुटेर, छानेर त्यसमा सख्खर मिसाएर १० ग्रामको दरले हरेक दिन सेवन गर्दा पिसाब सम्बन्धी विभिन्न समस्या समाधान हुन्छ ।

–पलास जराको रस निकाल्नुहोस् । त्यसमा ३ दिनसम्म गहुँको दाना भिजाउनुहोस् । त्यसपछि यो दानालाई पिँधेर हलुवा बनाउनुहोस् । जसले शीघ्रपतन, काम शक्तिको कमजोरी आदिलाई कम गराउनेगर्छ ।

–विभिन्न किसिमका घाउहरुमा पलासको चुर्णलाई प्रयोग गर्नु फाइदाजनक मानिन्छ ।

–कुष्ठरोगमा पलासको दानाको तेल प्रयोग गर्नु लाभदायक मानिन्छ ।

–उमालेको पलासको दानालाई दूधमा सुकाउनुहोस् र पाउडर बनाउनुहोस् । सोही पाउडर २ ग्राम पानीमा राखेर प्रतिदिन एक महिनासम्म पिउँदा कुष्ठ रोगबाट निको हुने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment