Comments Add Comment

वाणिज्य–व्यापार वार्ताका लागि नेपाली टोली बंगलादेश प्रस्थान

१९ फागुन, काठमाडौं । बंगलादेशसंग सचिवस्तरीय द्विपक्षीय वाणिज्य–व्यापार वार्ताका लागि नेपाली टोली राजधानी ढाका प्रस्थान गरेको छ ।

वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्याल नेतृत्वको टोली सोमबार ढाका प्रस्थान गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल र बंगलादशेबीच व्यापार अभिवृद्धि, बस सेवा, कार्गो ढुवानी, हवाई सञ्जाल, जलमार्ग, वस्तु निर्यातमा देखिएका भन्सार तथा गैरभन्सार अवरोधलगायतका विषय वार्ताको मुख्य एजेन्डा रहेको मन्त्रालयकी सह प्रवक्ता उर्मिला केसीले जानकारी दिईन् ।

दुई दिनसम्म चल्ने बैठकमा बीबीआईएन अन्र्तगत रहेर काठमाडौंदेखि ढाकासम्म सीधा बस सेवा सञ्चालन, नेपाल–बंगलादेश कार्गो ढुवानी, जल यातायात मार्गको सम्भावना, नेपाल र बंगलादेश विद्युत् व्यापार लगायातका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।

नेपाली निर्यातजन्य वस्तुको बंगलादेशी बजार पहुँच बिस्तार, नेपालको विराटनगर र भद्रपुरबाट बंगालादेशको सैयादपुरसम्म सीधा हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ ।

नेपाली टोलीमा वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालसहित वाणिज्य सहसचिव नवराज ढकाल, साल्ट ट्रेडिङका कार्यकारी प्रमुख, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशकसहित ८ जना सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment