Comments Add Comment

दुई मोटरसाइकल ठोक्किए लगत्तै बसले किच्दा एक जनाको मृत्यु

२१ फागुन, जनकपुरधाम । सिराहामा दुई वटा मोटरसाइकल ठक्कर खाए लगत्तै बसले किच्दा एक युवकको मृत्यु भएको छ ।

पूर्वपश्चिम् राजमार्ग अन्तर्गत गोलबजार-४ स्थित सडक खण्डमा बुधबार दिउँसो यस्तो दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को.३३ प. २०९८ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३१ प ५८८३ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुईवटा मोटरसाइकल ठक्कर खाए लगत्तै पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ४२६५ नम्बरको यात्रुबाहक बसको पछाडिको चक्काले को ३३ प २०९८ नम्बरको मोटरसाइकल चालकलाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला सिरहा लहान नगरपालिका-१९ बस्ने वर्ष २६ को मोहमद लुतफुर रहमानको घटना स्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

उनका अनुसार को ३१ प ५८८३ नम्बरको मोटरसाईकल चालक उदयपुरको त्रियुगा नगरपालिका-१४ बस्ने वर्ष २६ को आरजु राई समेत घाइते भएकी छन् । उनको भुमिजा अस्पताल गोलबजारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सप्तरीको राजविराज नगरपालिका-९ बस्ने ४२ वर्षीय  बसका चालक ब्रहमदेव रजकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment