Comments Add Comment

युनिग्लोव कलेजले गरेको अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वअर्थमन्त्री महतबाट उद्घाटन

२१ फागुन, काठमाडौं । युनिग्लोव कलेजले नयाँ बानेश्वरको प्रांगणमा २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरको छ । विद्यार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथसाथै अनुसन्धान र अन्वेषणमूलक शिक्षा प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको उदघाटन प्रमुख अतिथि पूर्वअर्थमन्त्री माननीय डा.रामशराण महतले गरे । कार्यक्रममा प्रमुख अतिथि पूर्वअर्थमन्त्री माननीय डा.रामशरण महतले अनुसन्धानको महत्व र युनिग्लोव कलेजले शैक्षिक क्षेत्रमा ल्याएको परिवर्तन र विकासको प्रशंसा गरे ।

नेपालको प्राचिनकाल देखि छिमेकी देशसँग व्यापारको सम्बन्ध सुमधुर रहेको र आधुनिक व्यापारमा पनि नेपाल विश्वको दुई ठुला छिमेकी मुलुक भारत र चीनको बिचमा रहेकोले उक्त आवसरको फाईदा लिन रणनैतिक भुमिका खेल्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रा.डा. भिमप्रसाद सुवेदीले यस्ता कार्यक्रमहरु निरन्तरता आयोजना गर्नुले यस कलेजको प्रतिबद्धतालाई झन प्रगाढ पारेको बताए ।

प्रा.डा सुवेदीले स्वदेशमा आयोजना गरिने यस्ता कार्यक्रमले अनुसन्धान र अन्वेशणको माध्यमबाट स्वदेश तथा विदेशमा रहेका युवाहरुलाई स्वेदशमै उधमशिलता र रोजगारीको क्षेत्रमा आकार्षण गर्ने तथा उद्योगहरु स्थापन गर्नका लागि सम्वाहकको भूमिका खेल्ने बताए ।

सम्मेलन प्रमुख प्रा.डा. राधेश्याम प्रधानले अनुसन्धानमुलक शिक्षण पद्धतिमा जोड दिदै अर्थशास्त्र, वित्तशास्त्र, बजार व्यवस्थापन र संस्थागत सुशासनमा हुने नयाँ अनुसन्धान र अन्वेषणले शिक्षामा नयाँ आयाम थपिने कुरामा जोड दिए ।

कार्यक्रममा कलेजका पि्रन्सिपल डा.नर बहादुर विष्टले आगन्तुकहरुलाई स्वागत गर्दै युनिग्लोव कलेजले शैक्षिक क्षेत्रमा अग्रणी भुमिका खेली शैक्षिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तनको लागि अनुसन्धानमुलक शिक्षण पद्धति महत्वपूर्ण हुने कुरामा प्रकाश पारे ।

कार्यक्रमका प्रस्तोता कार्यक्रम निर्देशक अनन्तराज घिमिरेले उक्त दुई दिने कार्यक्रम भव्यताका साथ सफल गरिने र यस्ता कार्यक्रमले भविष्यमा विद्यार्थीहरुलाई अनुसन्धानको ज्ञान तथा बौद्धिक क्षमतालाई अझ मजबुद बनाउने बताए । कार्यक्रममा विभिन्न देशका प्रतिनिधीहरुले आफ्नो मन्तव्य राखि युनिग्लोव कलेजले गरेको प्रयासको प्रशंसा गर्दै यस्ता कार्याक्रमले आपसी सम्बन्धलाई झन गाढा बनाउने कुरा व्यक्त गरे । उक्त कार्यत्रममा अमेरिका, मलेशिया, इन्डिया वंगलादेश लगायत ५ देशका प्रतिनिधीहरुको सहभागिता थियो ।

उक्त कार्यक्रममा १६० वटा अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा ४५ भन्दा बढी विदेशी र ९०० भन्दा बढी स्वदेशी व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रम नेपालमै शैक्षिक क्षेत्रले गरेको सबैभन्दा ठुलो र ऐतिहासिक कार्यक्रम रहेको सो कार्यक्रमका सभापति डा. खगेन्द्र ओझाले बताए । कार्यक्रमको अन्त्यमा विदेशी पाहुनाहरुलाई नेपाली सांस्कृतिक कार्यक्रमको आयोजना पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment