Comments Add Comment

होली : आँखालाई र‌ंगबाट जोगा‍औं

हिन्दू सम्प्रदायहरुको रंगीन पर्व होली आउँदैछ । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण यसको माहोल त तुलनात्मक रुपमा कम हुँदैछ । तर, होलीको विशेषताको रुपमा रहेको खुशी सञ्चार गर्ने पर्वलाई भने कुनैपनि महामारीले खल्लो बनाउन सक्दैन ।

यो रमाइलो पर्वमा खुशीको सञ्चार गर्ने नाममा सावधानी गुमाउँदा मानिसहरुलाई गम्भीर समस्या हुने सम्भावना पनि उत्तिकै हुन्छ । विशेषगरी होलीमा छाला र आँखाको सुरक्षा धेरै गर्नुपर्ने देखिन्छ ।

धेरैले होलीमा छालाको समस्यालाई लिएर चिन्ता लिने गर्छन् । तर, छालासँगै आँखामा समेत धेरै जोखिम थपिने गरेको पाइन्छ । आँखा, हाम्रो शरीरको सबैभन्दा नाजुक र संवेदनशील अंग हो । यसको विशेषध्यान यसकारण पनि चाहिन्छ कि सानो लापरबाहीले पनि हामीहरु यो संसारलाई नदेख्ने बन्न सक्छौं ।

यसको अर्थ यो रंगीन मौसममा रंगमाथि ब्रेक लगाउनु पर्छ भन्ने पनि होइन । तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सक डा.रोहित सैजु विशेषगरी आँखाको सुरक्षाको लागि कालो चस्मा लगाएर होली खेल्न सुझाव दिन्छन् ।

उनले रंगहरु सिधै आँखामा पर्दा यसले गम्भीर संकट निम्त्याउन सक्ने भन्दै यस बारेमा साबधानी अपनाउनु पर्ने बताए । अहिलेको कोरोनाको सन्त्रास बढिरहेको भन्दै उनी आफ्नो संस्कारलाई निरन्तरता दिने गरी सामान्य रुपले परिवारमा मात्रै होली मनाउन पनि सुझाव दिन्छन ।

होलीको रंगीन मौसममा खुशी भित्र्याउँदै आफ्नो शरीरलाई पनि हानि नपुर्‍याउनको लागि केही मूलभूत विषयहरुमा ध्यान दिनु जरुरी देखिन्छ ।

– होलीमा आँखाको सुरक्षा कसरी गर्ने ? भन्ने बारेमा जान्नुहोस् ताकि होलीको रंगले तपाईको आँखालाई कुनै तरिकाले हानि नहोस् ।

– सबैभन्दा पहिले निश्चित गर्नुहोस् कि तपाईं रासायनिक रंगबाट सुरक्षित हुनुहुन्छ । यी रंगहरू तपाईंको छाला र तपाईंको आँखाको लागि निकै हानिकारक हुनसक्छ । त्यसैले तिनीहरूबाट टाढा राख्नु यो नै स्वास्थ्यको लागि लाभदायक मानिन्छ ।

– यदि तपाईं कसैलाई रंग लगाईरहनु भएको छ भने पहिले यकीन गर्नुहोस् कि तपाईंले कसैलाई जबर्जस्ती गर्नुहुन्न । किनकि यस्तो अवस्थामा रंग पनि आँखामा जान सक्छ ।

– यदि र रंग तपाईंको आँखामा गएको छ भने यसलाई बिलकुल नराख्नुहोस् । किनभने त्यसो गर्दा तपाईंको आँखा खराब हुन सक्छ ।

– सर्वप्रथम, आँखालाई सफा पानीले धुनुहोस् र आँखामा बारम्बार पानी छर्किनुहोस् ।

– सनग्लासहरू प्रयोग गर्न नबिर्सनुहोस् । किनकि यसले तपाईंको आँखामा हुनसक्ने रंगबाट बचाउन मद्दत गर्छ ।

– यदि तपाईंको आँखा धेरै चिढचिढिएको छ वा तपाईंको आँखा रातो भएको छ भने तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नुहोस् ।

बालबालिकालाई होलीको जोखिम

होलीका लागि भनेर बालबालिकामा रङ र पानीको फोहोरालाई लिएर विशेष किसिमको उत्साह देखिन थालेको छ । कयौं गल्लीहरुमा त बालबालिकाको हात रङ र लोलाले हान्ने चलन समेत देखिन्छ ।

होली बालबालिकाको लागि जति रोमाञ्चक छ, उति नै जोखिमपूर्ण पनि हुन्छ । किनकी रङकै मामलामा भएको सानो असावधानीले पनि बालबालिकाको जीवनमा ठूलै समस्या निम्त्याउन सक्छ ।

त्यसैले, बालबालिकाको साथमा होलीको तयारी गर्दा उनीहरुलाई सुरक्षाबारे पनि विशेष ध्यान दिनुपर्छ ।  त्यसको लागि यी उपाय अपनाउनु पर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment