Comments Add Comment

प्रधानमन्त्रीलाई अप्ठेरो पार्ने निर्णय स्वीकार्य हुन्न : नेकपा नेता अधिकारी

२२ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य खगराज अधिकारीले प्रधानमन्त्रीलाई अप्ठेरो पार्ने गरी पार्टीले निर्णय गर्नु उचित नहुने बताएका छन् ।

बुधबार चितवनको भरतपुरमा आयोजित पत्रकार सममेलनमा उनले प्रधानमन्त्रीलाई दबाब दिनु उचित नहुने धारणा राखे ।

‘प्रधानमन्त्री ओलीलाई अप्ठेरोमा पार्ने काम, निर्णय वा भेला स्वीकार्य हुन्न’ उनले भने, ‘पार्टीमा संस्थागत छलफल गरेर सहमतिमा जान सकिन्छ, किन पार्टी र टार चाहार्दै हिँड्नुप¥यो, केही थान मान्छे बसेर योजना बनाउने र त्यही कुरा लागु गराउन दबाव दिनु राम्रो होइन ।’

नेता अधिकारीले प्रधानमन्त्रीलाई अप्ठेरो पार्ने उद्देश्यले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने डिजाइन पुष्टि भए जान चाहने र पठाउन चाहनेलाई पनि ठूलो नोक्शान हुने उनले चेतावनी दिए ।

प्रतिनिधिसभाको निर्वाचन हारेकाहरुलाई सोही कार्यकालमा कुनै न कुनै रुपमा सांसद बनाएर लैजानु बेठीक हुने नेता अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने अधिकार कसैलाई नभएको भन्दै उनले देशमा अस्थिरता मच्चाउने र विगतमा पनि त्यस्तो अभ्यासमा रमाएका केही तत्वहरु सल्बलाए पनि उनीहरुको प्रयास पानीको फोकाजस्तैं फुटेर जाने दावी गरे ।

गत संसदीय निर्वाचनमा केपी ओलीलाई नै विश्वास गरेर नेकपालाई जनताले मत दिएकोले उनी नै पाँच बर्ष प्रधानमन्त्री रहने नेता अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment