Comments Add Comment

कोरोनाबाट बच्न सलमानको सुझाव: नमस्कार गरौँ

कोरोना भइरसबाट बच्नको लागि बलिउड स्टार सलमान खानले आफ्ना फ्यानहरुलाई सुझाव दिएका छन् । सामाजिक संजालमा एक फोटो पोष्ट गर्दै कोरोनाबाट बच्ने उपाय उल्लेख गरेका छन् ।

सलमानले कोरोनाबाट बच्नको लागि हात नमिलाउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘नमस्कार, हाम्रो सभ्यता नमस्कार र सलाममा छ । जब कोरोना भाइरस खत हुन्छ तब मात्र हात मिलाउने र अंकमाल गर्ने गरौँला ।’

सलमानले कोरोनाकै कारण चलचित्र ‘राधे’को छायांकन नै स्थगित गरेका छन् । थाइल्याण्डमा हुने भनिएको सेड्‍युल उनले केही समयको लागि पछि सारेका छन् । कोरोनाबाट सुरक्षित हुनको लागि उनले छायांकन नै पछाडि सारेका हुन् ।

चिनबाट सुरु भएको कोरोनाको त्रास अहिले विश्वव्यापी बनिरहेको छ । भारतमा पनि कोरोनाको सन्त्रास बढिरहेको अवस्था छ । धेरै जना सेलिब्रेटीहरु कोरोनाबाट बच्नको लागि सुझाव दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment