Comments Add Comment

सबै खेलकुद प्रतियोगिता स्थगित गर्न राखेपको निर्देशन

२२ फागुन, काठमाडौं । कोरोना भाइरसको कारण राष्ट्रिय खेलकुद परिषद राखेपले राखेप र यसअन्तर्गत सञ्चालन हुने सबै किसिमका खेलकुद प्रतियोगिताहरु स्थगित गर्न निर्देशन दिएको छ ।

राखेपले बिहीवार वित्तप्ती जारी गर्दै अत्याधिक भिडभाड हुने सबै खालका खेलकुद कार्यक्रम स्थगित गर्न निर्देशन दिएको हो ।

बिहीवारै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विकको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको प्रभाव र जोखिमलाई न्युनिकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । साथै मन्त्रालयले राखेपलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिगत निर्णयको सीमाभित्र रही युवा तथा खेलकुद मन्त्रालयसंग समन्वय गरी विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन सम्बन्धी निर्णय गर्न भनेको थियो । त्यसै अनुसार राखेपले उक्त निर्णय गरेको हो ।

बिहीबारै दिउँसो ईपीएल प्रालिले एभरेष्ट प्रिमियर लिग टी २० प्रतियोगिता पनि कोरोना भाइरसकै करण स्थगित गरिसकेको छ ।

यस्तै नेपालमा यही मार्च अन्तिममा हुन लागेको विश्वकप छनवटको दुई खेल पनि सर्ने निश्चित छ ।

यो पनि पढ्नुहोस अब कहिले हुन्छ ईपीएल ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment