Comments Add Comment

उद्योगमन्त्रीले भने – ग्यासको लाइन बस्नुपर्दैन

२३ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यास अभाव नहुने भन्दै लाइन नबस्न आग्रह गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलनमा उनले फोन गर्नेवित्तिकै ग्यास पाउने गरी हटलाइन टेलिफोनको व्यवस्था गर्ने बताए ।

आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने मन्त्री भट्टले बताए ।

उनले घरमा थप सिलिण्डर राख्नुनपर्ने पनि बताए । नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको पनि मन्त्री भट्टले बताए ।

वाणिज्य सचिव डा. बैकुण्ठ अर्यालले पाम आयलकै जस्तो गरी औषधी र  यसको कच्चा पदार्थको निर्यात प्रतिबन्ध खाेल्न भारत तयार  भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment