Comments Add Comment

सरकारलाई सहयोग गर्न तयार छौ : चिकित्सक संघ

२३ फागुन, काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाममा सरकारलाई सहयोग गर्न तयार रहेको बताएको छ ।

सरोकारवाला निकायसँग छलफल गरेको संघले केन्द्रीय र १६ वटै शाखा कार्यालयमा सूचना डेक्स स्थापना गर्ने र कोरोना भाइरसबारे जनचेतना फैलाउने निर्णय गरेको छ ।

बिरामीको पहिलो सम्पर्कमा स्वास्थ्यकर्मी र चिकित्सकहरु रहने भएकाले उनीहरुको सुरक्षाका लागि अत्याधुनिक सुरक्षा पोशाक, आवश्यक औजार र संक्रमणबाट जोगिन सक्ने सामाग्रीहरु पर्याप्त उपलब्ध गराउन आग्रह गरेको छ ।

संघले कोरोना भाइरसको संक्रमण बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर देशभर निश्चित अस्पताल पहिचान गरी तयारी अवस्थामा राख्न पनि सुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment