Comments Add Comment

सरकारको दुई वर्ष देशका लागि दुर्भाग्यपूर्ण : बाबुराम

२३ फागुन, काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवर्ष देशका लागि दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् ।

पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन घोषणा कार्यक्रममा डा. भट्टराईले उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै बितेको दुई वर्षमा जनताले केही पनि नपाएको बताए । दुई तिहाइको बहुमत प्राप्त सरकारले सामाजिक, राजनीतिक र विकास परिवर्तनको क्षेत्रमा छलाङ मार्नेगरी काम गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको लगायतका क्षेत्रमा सरकारले गर्न सक्ने काम समेत नगरेको भट्टराईको आरोप छ । भ्रष्टाचार, नातावाद कृपावाद र आपसी झै—झगडाका कामहरु समेत सरकारले गरेको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले अहिलेको सरकारको भविष्य सकिएको टिप्पणी गरे ।

अर्को निर्वाचन आउँदासम्म देश नयाँ ध्रुविकरणसम्म जाने भन्दै उनले त्यसको तयारीमा लाग्न जिल्ला कमिटिहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment