Comments Add Comment

बुटवलमा ४१ जना महिला कृषक सम्मानित

२३ फागुन, बुटवल । विद्यार्थीलाई कृषि पेशाबारे जानकारी गराउने र कृषकलाई सम्मानको दृष्टिले हेर्ने धारणाको विकास गर्ने उद्देश्यले बुटवलको एक निजी विद्यालयले महिला कृषकहरुलाई सम्मान गरेको छ ।

‘राष्ट्रको समृद्धिका लागि कृषिको उत्थान, कृषि प्रधान देशमा कृषकको सम्मान’ नाराका साथ बुटवलको दीप बोर्डिङ हाई स्कुलले रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकर मानपकडीका ४१ जना महिला कृषकलाई सम्मान गरेको हो ।

महिला कृषकले उत्पादन गरेका तरकारी लगायत कृषि उपज समेत ल्याएर शिक्षक र विद्यार्थीले खरिद गर्नुका साथै उनीहरुलाई सम्मानपत्रले सम्मान गरिएको हो ।

महिला कृषकहरूले आफूले उत्पादन गरेका साग, मूला, धनियाँ, प्याज, गोभी, अण्डा, मेथी, चमसुर, पालक, रायो लगायत विभिन्न थरिका तरकारी ल्याएर बिक्री गरेका थिए भने विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकहरूले उक्त तरकारी खरिद गरेका थिए ।

महिला कृषकहरूलाई प्रोत्साहन गर्ने र विद्यार्थीलाई कृषि उत्पादनबारे प्रत्यक्ष जानकारी गराउने, किसानलाई सम्मानजनक दृष्टिले हेर्नुपर्छ भन्ने धारणाको विकास गराउन किसानलाई विद्यालयमै ल्याएर सम्मान गरिएको प्राचार्य टिकाराम न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment