Comments Add Comment

प्रदेश ५ बाट ८१ हजार चार सयजनाले एसईई दिँदै

२३ फागुन, बुटवल । आउँदो चैत ५ गतेदेखि शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रदेश ५ बाट ८१ हजार चार सय एकजना विद्यार्थी सहभागी हुंदैछन् ।

प्रदेशका १२ जिल्लाबाट साधारणतर्फ ७६ हजार ६ सय १८, प्राविधिकतर्फ दुई हजार एक सय ३१ र ग्रेड वृद्धितर्फ दुई हजार ६ सय ५२ जना विद्यार्थी सहभागी हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जसमा ४२ हजार ६ सय ६५ जना छात्रा र ३९ हजार ७ सय ३३ जना छात्र छन् । परीक्षार्थीमध्ये एक हजार ७ सामुदायिक विद्यालयबाट ६० हजार ५ सय ५४ जना र ६ सय ६१ संस्थागत विद्यालयका २० हजार ८ सय ४७ जना रहेका छन् ।

सबैभन्दा धेरै रुपन्देहीका

एसईईमा सहभागी हुने विद्यार्थीमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीका छन् । रुपन्देहीबाट साधारणतर्फ १६ हजार ९ सय ३६ जना, प्राविधिकतर्फ ३ सय ९९ जना र ग्रेड वृद्धितर्फ ४ सय ९४ जना सहभागी हुँदैछन् ।

नवलपरासी पश्चिमबाट प्राविधिक १ सय १३ जना, साधारणतर्फ ५ हजार ८ सय ८९ जना र ग्रेड वृद्धिमा १ सय २ जना गरी ६ हजार एक सय ४ जना, पाल्पाबाट प्राविधिकतर्फ ३ सय ७२, साधारणतर्फ ४ हजार ४ सय ९८ जना र ग्रेड वृद्धिका १ सय ९४ जना गरी ५ हजार ६४ जना सहभागी हुँदैछन् ।

गुल्मीबाट प्राविधिकतर्फ १ सय ५१ जना, साधारणतर्फ ४ हजार ४ सय ७८ जना र ग्रेड वृद्धितर्फ ७४ जना गरी ४ हजार ७ सय ३ जना रहेका छन् ।

अर्घाखाँचीबाट प्राविधिकतर्फ ६५ जना, साधारणतर्फ ३ हजार २ सय ६५ जना र ग्रेड बृद्धितर्फ ९७ जना गरी ३ हजार ४ सय २७ जना परीक्षार्थी रहेका छन् ।

कपिलवस्तुबाट प्राविधिकतर्फ १ सय ९१ जना, साधारणतर्फ ६ हजार ८ सय ४१ जना र ग्रेड बृद्धि तर्फ ४ सय ४२ जना गरी ७ हजार ४ सय ७४ जना, रोल्पाबाट प्राविधिकतर्फ ९८ जना, साधारणतर्फ ३ हजार २ सय ८० जना र ग्रेडवृद्धितर्फ १ सय ४० जना गरी ३ हजार ५ सय १८ जना परीक्षार्थी एसइईमा सहभागी हुंदै छन् ।

प्युठानबाट प्राविधिकतर्फ ६५ जना, साधारणतर्फ ३ हजार ९ सय ५१ जना र ग्रेडवृद्धिमा १ सय ३९ जना गरी ४ हजार १ सय ५५ जना, दाङबाट प्राविधिकतर्फ ३ सय ९ जना, साधारणतर्फ १२ हजार २ सय १०जना र ग्रेड बृद्धितर्फ ३ सय ४ जना गरी १२ हजार ८ सय २३ जना विद्यार्थी सहभागी हुँदैछन् ।

बाँकेबाट प्राविधिकतर्फ १ सय ८० जना,साधारणतर्फ ८ हजार ६ जना र ग्रेडवृद्धितर्फ ३ सय ५५ जना गरी ८ हजार ५ सय ४१ जना, बर्दियाबाट प्राविधिकतर्फ १ सय ५२ जना, साधारणतर्फ ६ हजार ६ सय ९७ जना र ग्रेड वृद्धितर्फ ३ सय ५५ जना गरी ७ हजार ८८ जना विद्यार्थी सहभागी हुँदैछन् ।

यस्तै रुकुम पुर्वबाट प्राविधिकतर्फ ३६ जना, साधारणतर्फ ९ सय ६६ जना र ग्रेडवृद्धितर्फ ७२ जना गरी एक हजार ७४ जना परीक्षार्थी रहेका छन् । कूल परीक्षार्थीमध्ये ४ जना छात्रा र ५ जना छात्र दृष्टिविहीन, ५ छात्रा र ८ छात्र बहिरा तथा १० छात्रा र १४ छात्र गरी २४ जना अपांगता भएका विद्यार्थी एसईर्ईमा सहभागी हुने मन्त्रालयले जनाएको छ ।

३ सय २१ परीक्षा केन्द्र

एसईई परीक्षाका लागि प्रदेशका १२ जिल्लामा गरी ३ सय २१ परीक्षा केन्द्र तोकिएका छन् । जसमध्ये सबैभन्दा धेरै रुपन्देहीमा ५६, दाङमा ४५, बाँकेमा ३३, बर्दियामा ३२, कपिलवस्तुमा २९, गुल्मीमा २६, नवलपरासीमा २२, पाल्पामा २०, अर्घाखाँचीमा १७, रोल्पामा १८, प्युठानमा १७ र रुकुम पूर्वमा ६ वटा परीक्षा केन्द्र रहेका छन् ।

४ करोड ३९ लाख बजेट

प्रदेशमा एसईई परीक्षा सञ्चालनका लागि संघीय सरकारबाट ४ करोड १२ लाख रुपैयाँ प्राप्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ग्रेडवृद्धि परीक्षाको लागि ७० लाखसमेत गर्दा ४ करोड ३९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment