Comments Add Comment

महिला उद्यमीलाई सशक्त बनाउन दराजको जागृति अभियान

२३ फागुन, काठमाडौं ।अनलाईन बजार दराजले महिला सशक्तीकरण अभिजान सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दराजले महिला सशक्तीकरणमा केन्द्रित विशेष “जागृति” अभियान सञ्चानल गर्ने जनाएको हो ।

महिला बिक्रेता तथा उद्यमीहरूको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरूको बीच अभियानको उद्देश्य रहेको छ । अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको दस प्रतिशत हिस्सा “विमेन एक्ट” नामक एक महिला सशक्तीकरणमा आधारित गैरसरकारी संस्थालाई प्रदान हुनेछ । उक्त अभियान यही मार्च ८ देखि मार्च १६ सम्म जारी रहने दराजले जनाएको छ ।

उक्त अवसरमा दराजको बैंक पार्टनर सनराइज बैंकले १५ प्रतिशत वा १,५०० रुपैयाँ सम्मको छूट दिने भएको छ । बैंकका ग्राहकले सनराइज बैंकको क्रेडिट/डेबिट कार्ड मार्फत पूर्व भुक्तानी गरेमा उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै ग्राहकहरूले भौचरमार्फत १५० देखि ३५० रुपैयाँसम्मको छुट पनि पाउन सक्ने दराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment