Comments Add Comment

कोरोना प्रभाव: सर्ने भयो ‘नीरफूल’

कोरोना भइरसको त्रासका कारण चलचित्र ‘नीरफूल’ले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ ।

चैत ७ गते रिलिज हुने भनिएको यस चलचित्र अब भने केही समयको लागि पछाडि सरेको छ । चलचित्रको नयाँ रिलिज मिति भने तय भइसकेको छैन ।

‘नीरफूल’ले फागुन ३० गतेलाई रिलिज मिति पक्का गरेको थियो । तर, उक्त मितिमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुने भएपछि ‘नीरफूल’ एकसाता पछाडि सरेको थियो ।

अहिले कोरोनाको त्रासका कारण पुन: चलचित्रले आफ्नो रिलिज मिति फेर्नु परेको हो ।

फूलमान वल निर्देशित ‘नीरफूल’मा दयाहाङ राई, शन्ति वाइवा, बुद्धि तमाङ लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा रेखा थापा अतिथी भूमिकामा प्रस्तुत भएकी छिन् ।

भुकम्पका कारण टुटेको परिवारको कथा बोल्ने यस चलचित्रको पटकथा निर्देशक वल र सचिन घिमिरेले तयार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment