Comments Add Comment

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

२५ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ११० औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् ।

दिवसका अवसरमा आइतबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरेकी हुन् ।  ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस उल्लेख गर्दै उनले  यसलाई साकार तुल्याउन सबैमा अनुराेध गरेकी छन् ।

‘नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्त्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ । सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पुर्‍याउनेजस्ता विषयहरू महिलाको हक संरक्षणमा केन्द्रित रहेका छन् । यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ,’ राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसले लैङ्गिक समानताका विषयलाई आत्मसात् गर्न तथा लैङ्गिक समानताका लागि क्रियाशील नयाँ र पुराना पुस्ताका अधिकारकर्मीलगायत सम्बद्ध सबैलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment