Comments Add Comment

एस बैंकको ४९ प्रतिशत सेयर एसबीआईले किन्ने

ग्राहकलाई चिन्ता नलिन वित्तमन्त्री सीतारमणको आग्रह

२५ फागुन, काठमाडौं । भारतको स्टेट बैंक अफ इन्डियाले मुलुकको चौथो ठूलो निजी बैंक ‘एस बैंक’ को ४९ प्रतिशत सेयर किन्ने भएको छ । आर्थिक संकटबाट पार पाउन ‘एस बैंक’ले उक्त सेयर विक्रीको तयारी गरेको हो । एसबीआईका अध्यक्ष रजनीश कुमारले शनिवार पत्रकार सम्मेलनमा एस बैंकको ४९ प्रतिशतसम्मको सेयर खरीद गर्न सकिने बताएका हुन् ।

एसबीआईका अध्यक्ष रजनीशले यो योजनाअनुसार बैंकमा २४ अर्ब ५० करोड भारु लगानी गरिने बताएका हुन् । त्यसका साथै उनले यो बैंकमा लगानी गर्न अन्य धेरै सम्भावित लगानीकर्ता पनि छन् र उनीहरुले एसबीआईमा सम्पर्क गरेका छन् ।

रजनीशले यो बैंकमा लगानी गर्न चाहनेले ५ प्रतिशतभन्दा बढी सेयर किन्न सक्ने बताएका छन् । भारतीय वित्त निर्मला सीतारमणले पनि एस बैंकका ग्राहकलाई उनीहरुको पैसा सुरक्षित रहेको र चिन्तित हुनुपर्ने कारण नरहेको बताएकी छिन् ।

आर्थिक संकटमा परेसँगै एस भारतीय केन्द्रीय बैंकले एस बैंकमाथि नगद निकासी लगायत अन्य केही क्षेत्रमा प्रतिबन्ध लगाएको थियो । साथै बैंकलाई बचाउन एक प्रस्ताव पेश गरिएको थियो । यसमा एसबीआईले आफ्नो इच्छा व्यक्त गरेको थियो । भारतीय आर्थिक मामिलाका जानकारहरुले भने सरकारको निर्देशन अनुसार नै एसबीआईले एस बैंकमा लगानी गर्न लागेको बताएका छन् ।

यसअघि पनि आरबीआईले एस बैंकलाई आर्थिक संकटबाट बच्न चेतावनी दिएको थियो । तर, एस बैंकको अवस्थामा सुधार हुन नसकेपछि उसले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । अहिले बैंकको अवस्था निकै कमजोर बनिसकेको कारण आरबीआईले उसको व्यवस्थापनमा आफ्ना मानिसहरुलाई राखेको छ ।

अरु कुनै सानोतिनो बैंक भएको भए यसलाई अर्को बैंकमा विलय गराइने सम्भावना रहेको भारतीय आर्थिक मामिलाका जानकार आलोक जोशीले बताएका छन् ।

त्यसैले सरकारसँग एस बैंकमा लगानीको दोस्रो कुनै विकल्प नरहेकाले एसबीआईलाई लगानी गर्न निर्देशन दिएको बिजनेश स्ट्याण्डर्डका शुभमय भट्टाचार्यको भनाइ छ ।

‘भारतमा डुब्न लागेको बैंकलाई केवल सरकारी कम्पनीले मात्र बचाउन सक्छन् । किनकी यहाँ सरकारसँग कुनै निजी बैंकलाई ऋण दिने क्षमता छैन । यस्तोमा एलआईसी, एसबीआई, एसबीआई र पीएनबीजस्ता कम्पनी डुब्न लागेको कम्पनीलाई बचाउन अगाडि सर्ने गरेका छन्,’ उनले भने । बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment