Comments Add Comment

अधिवेशनबारे निर्णय गर्न उद्योग वाणिज्य महासंघले बोलायो बैठक

२५ फागुन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन निर्धारित मितिमा गर्ने वा सार्ने भन्ने विषयमा छलफल गर्न अध्यक्ष भवानी राणाले सचिवालय समितिको बैठक बोलाएकी छन् ।

सभा, समारोह नगर्न सरकारले आग्रह गरेपछि छलफल गर्न अध्यक्ष राणाले शुक्रबार सचिवालयको बैठक बोलाएकी हुन् ।  महासंघको अधिवेशन चैत २८ र २९ गतेका लागि तोकिएको छ ।

सरकारले गरेको आग्रहका विषयमा छलफल गर्न लागिएको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘अन्य कार्यक्रम पनि रोकिएका छन्, फेरि सरकारले नगर भन्दाभन्दै गर्न पनि मिलेन’ अनलाइनखबरसँगको कुराकानीमा गोल्छाले भने, ‘अब बैठकले जे निर्णय गर्छ त्यही हुनेछ ।’

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले भने अधिवेशनबारे टुंगो पदाधिकारी बैठक बोलाएर लगाउनुपर्ने बताए । ‘अध्यक्षले सचिवालय बोलाउनु भएछ, पदाधिकारी बोलाएर निर्णय गर्नुपर्ने थियो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment