Comments Add Comment

महिला रोकिए संसार रोकिन्छ (फोटो फिचर)

२५ फागुन, काठमाडौं । आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, नेपालमा पनि महिला अधिकारका पक्षमा आवाज उठाउँदै विभिन्न कार्यक्रम भएका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यो दिवसको कार्यक्रम पनि प्रभावित भएका छन् । त्यसैले राजधानी काठमाडौंमै पनि ठूलो समूह भेला भएर हुने कार्यक्रमको स्वरुप परिवर्तन गरिएको छ ।

आइतबार अधिकारकर्मीको टोलीले काठमाडौंको माइतीघर, बबरमहल, विजुलीबजार, नयाँ वानेश्वर, मीनभवन, कोटेश्वरलगायतका क्षेत्रमा सानो समूहमा प्रददर्शन गरेको छ ।

महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको संयोजनमा ११० औं अन्तर्राष्ट्रिय नारी दिवस तथा विश्व श्रमिक महिला दिवसको उक्त कार्यक्रम गरिएको हो ।

हेर्नुहोस् तस्वीरहरु :  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment