Comments Add Comment

दर्शकबिना खेल, युभेन्ट्स शीर्ष स्थानमा उक्लियो

२६ फागुन, काठमाडौं । इन्टर मिलानलाई २–० ले पराजित गर्दै युभेन्ट्स इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लेको छ ।

कोरोना भाइरस (कोभिड १९) को कारण खाली मैदानमा खेलाइएको खेलमा युभेन्ट्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

विश्वभर फैलिएको कोरोनाका कारण अहिले खेलकुद पनि प्रभावित छ । युरोपमा इटलीमा कोरोनाको संक्रमण अझ बढी छ । इटलीको ठूलो खेल दर्शकबिनै खेलाइएको हो ।

इटलीमा कोरोनाको कारण ३६६ जनाको मृत्यु भइसकेको छ भने ७ हजार ३७५ जना संक्रमित छन् । खेलाडी, सपोर्ट स्टाफ, ग्राउण्ड स्टाफ, मिडिया र क्लबका ठूला पदाधिकारीलाई मात्र मैदानमा प्रवेश गर्न दिइएको थियो ।

घरेलु मैदान एलिएन्ज स्टेडियममा युभेन्ट्सका लागि बरोन राम्सेले ५५ औं मिनेटमा पहिलो गोल गरे । यस्तै वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका पाउलो डिबलाले ६७ औं मिनेटमा दोस्रो गोल गरे । नोभेम्बरपछि युभेन्ट्स क्रिस्टियानो रोनाल्डोले पहिलो पटक गोल गर्न सकेनन्।

८० औं मिनेटमा इन्टरका डानिएल पाडेली रातो कार्ड खाँदै मैदान बाहिरिएपछि इन्टर दश खेलाडीमा झरेको थियो ।

जितपछि २६ खेलबाट ६३ अंक जोडेको युभेन्ट्स लाजियोलाई एक अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट ६२ अंकसहित लाजियो दोस्रो स्थानमा छ । युभेन्ट्ससँग पराजित इन्टर ५४ अंकसहित तेस्रोमा छ। इन्टरले २५ खेल खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment