Comments Add Comment

रुपन्देहीमा मेला सञ्चालनमा रोक

आयोजकद्वारा क्षतिपूर्तिको माग

२७ फागुन बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मेला सञ्चालनमा रोक लगाएको छ । बुटवलमा सञ्चालित मेलामा रोक लगाएपछि आयोजकले भने क्षतिपूर्तिको माग गरेको छ ।

कोरोनाको त्रासका कारणले प्रदेश सरकारले मेला, महोत्सव तथा भिडभाड हुने काम नगर्न निर्देशन दिएको थियो । तर, आयोजकले मुख्यमन्त्रीसँग छलफल गरेर महोत्सव सञ्चालन गरेको दाबी गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश महिला उद्यमी समिति प्रदेश ५ को आयोजनामा फागुन २१ गतेबाट मेला सुुरु भएको थियो ।

मेला सचिवालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ ।

स्वीकृति लिएको मेला समापन गर्नको लागि समय नपाएको गुनासो गर्दै पूर्वस्वीकृतिलाई सरकारले अपमान गरेको समिति प्रदेश ५ अध्यक्ष शान्ती शर्माले बताइन् ।

उनले नियमपूर्वक सहकार्य गरेको अवस्थामा पनि प्रशासन र सरकारले ठप्प पारेकोले भएको खर्च सरकारले उपलब्ध गराउनुपर्ने बताइन् । मेला सञ्चालनको लागि ८२ लाख रुपैयाँ खर्च भइसकेको उनले दाबी गरिन् ।

उनले भनिन्, ‘सबै संरचना बनिसकेको अवस्थामा हामीलाई धेरै लामो समयसम्म नगर्नु भन्ने मौखिक सम्झौता भएको थियो । उद्योगमन्त्री प्रमुख अतिथि राखेका थियौं, प्रशासन, नगरपालिका र वडा कार्यालयबाट स्वीकृति पनि लिएका थियौँ । हामीले २६ गते समापन गर्छौँ भन्दा पनि पाएनौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment