Comments Add Comment

बौद्धका डीएसपी फेरिए

२७ फागुन, काठमाडौं । महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी प्रमुख फेरिएका छन् ।

प्रहरी प्रधान कार्यालयले बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहको काज सरुवा गरेको हो ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार सिंहको ठाउँमा जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी नविन कार्कीलाई पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका डीएसपी प्रतितसिंह राठौर र सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

रौतहटमा भरत श्रेष्ठ पठाइएका छन् । उनी प्रशासन विभागमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment